३ असोज, जनकपुरधाम । प्रदेश २ का निवर्तमान प्रदेश प्रमुख डा. राजेश झा अहिराजले प्रदेश २ सरकार भ्रष्टाचार, जातिवाद र धार्मिक अतिवादबाट गुज्रिरहेको आरोप लगाएका छन ।
संविधान दिवसका अवसरमा मधेश बाहेक नेपालभरि नै संविधान दिवस मनाईरहदा अहिराजले सो कुरा सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै सो कुरा बताएका हुन । साथै उनले बेलैमा यस्ता विकृतिबाट प्रदेश २ लाई जोगाउन सकिएन भने संघियतामाथि प्रदेशवासीको बिश्वास चाँडै उठ्ने बिश्वास समेत ब्यक्त गरेका छन ।
पुरै देश संविधान दिवस मनाईरहँदा प्रदेश २ सरकार यसको विरोध गर्दै मौन बस्नु र बिभिन्न दलले विरोधका कार्यक्रम राख्दा प्रमुख अहिराजले ट्विट गर्दै भनेका छन ।– “सांसद पनि भै राख्ने, तलब भत्ता खाईराख्ने, सरकारमा पनि गै राख्ने, बजेट कुम्लाई राख्ने, सत्ता साझेदार दल पनि भै राख्ने…….कालो दिवस पनि मनाई राख्ने, देश र जनतालाई कति झुक्याउन सक्या होला ?”