१० असार जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अन्तिम समयसम्म प्रयास गरिरहेको बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरुबिच भेटवार्तामा प्रचण्डले अझै प्रयास गर्ने बताए ।भेटवार्तामा अहिले सदनमा भइरहेको परिस्थितिको समीक्षा, समाजवादी मोर्चालाई अब कसरी अगाडि बढाउने र दुई दलबिचको सम्बन्धको बारेमा छलफल भएको थियो ।