२४ साउन, जनकपुरधाम । शिक्षा ऐनलाई संशोधन गर्न बनेको हालको बिधेयक निजी बिद्यालयको हकहितमा नरहेको भन्दै निजी विद्यालय संघ संगठनहरुले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन ।

एन प्याबसन, प्याबसन, हिसान, एम प्याबसन तथा नेपाल प्याबसनले जनकपुरधाम उपमहानगरपालिकाका मेयर, जिल्ला शिक्षा समन्वय समिति घनुषा प्रमुख र धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन ।

बिद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका लागि तयार गरिएको बिद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिरण गर्न बनेको बिधेयक २०८० माथि आपति रहेको भन्दै तिन वटै निकायमा ज्ञापन पत्र प्रस्तुत गरी ध्यानाकर्षण गराईएको छ ।

बिभिन्न संगठनका पदाधिकारीद्धारा हस्ताक्षरित सो ज्ञापन पत्रमा भनिएको छ— बिधेयकमा राखिएका कतिपय प्रावधानहरु निजी लगानीका संस्थागत बिद्यालयहरु प्रति पूर्वाग्रही मात्र नभई संविधान विपरित, अव्यवहारिक र अन्यायपुर्ण समेत भएको हामीले महसुस गरेका छौ ।

प्रस्तावित बिधेयकमा ५ बर्ष भित्रमा निजी लगानीका बिद्यालयले आफ्ना सम्पुर्ण दायित्व फारकफर गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने बाध्यात्माक प्रावधान रहेकोमा संगठनहरुले आपत्ति जनाएका छ । यो बिधेयक पारित भएमा निजी लगानीका बिद्यालयहरु बन्द हुने चिन्ता समेत ब्यक्त गरिएको छ ।

तसर्थ संसदमा बिधेयक पास हुनु अगावै उक्त सम्बन्धमा उचित प्रावधान सम्बोधन नभएमा निजी लगानीमा संचालित बिद्यालयहरुले केन्द्रको निर्देशानानुसार देशैभर पठ्नपाठन बन्द गरी आन्दोलनमा जाने उक्त ज्ञापन पत्र मार्फत जानकारी गराएका छन ।

तत्कालिन शिक्षा सचिव रामकृष्ण सुवेदीद्धारा हस्ताक्षरित बिधेयक औपचारिक रुपमा सार्वजनिक नभएतापनि सामाजिक संजालमा छ्यापछ्याप्ती देखिएकोले ध्यानाकर्षण भएको भनी प्याबसन, नेशनल प्याबसन र हिसानका केन्द्रिय अध्यक्षद्धारा हस्ताक्षरित संयुक्त प्रेस बिज्ञप्तिमा पनि सो कुरा उल्लेख छ ।

सो बिज्ञप्तिमा सबै सरोकारवाला निकायसँग छलफल गरेर मात्र अघि बढ्न सरकारलाई आग्रह गरिएको छ । साथै उनीहरुले माग सम्बोधन नभएमा साउन २८ गतेदेखि देशैभर अनिश्चितकालिन बिद्यालय बन्द गर्ने बिरोधका कार्यक्रम समेत यस अघि नै सार्वजनिक गरिसकेका छन ।

बिज्ञप्तिहरु हेर्नुहोस

Related posts:

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply