२५ साउन, काठमाडौं । विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयकमाथि असन्तुष्टि जनाउँदै निजी शैक्षिक संस्था सञ्चालकले आन्दोलन घोषणा गरेका छन् ।

निजी शैक्षिक संस्थाका प्याब्सन, एन प्याब्सन र हिसानले आफूहरुलाई पहिले कम्पनी ऐन अन्तर्गत सञ्चालन गर्न भनिएको र अहिले फेरि गुठीमा जान बाध्य पार्न खोजेको भन्दै विरोध जनाएका हुन् ।

हाल कम्पनी ऐन अनुसार सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउँदा आफूहरु समस्यामा पर्ने निजी शैक्षिक संस्था सञ्चालकहरु बताउँछन् ।

शैक्षिक गुठीमा रुपान्तरित हुनका लागि प्रोत्साहन गर्नुपर्नेमा सरकारले जबर्जस्ती गर्न लागेको उनीहरुको भनाइ छ । प्याब्सनका अध्यक्ष डीके ढुंगानाले सरकारले कानुनमार्फत आफूहरुको सम्पत्तिको अधिकार खोस्न लागेको बताए । ‘व्यक्तिगत सम्पत्ति सार्वजनिक बनाउन सकिँदैन नि’, उनी भन्छन् ।

विधेयकमा निजी शैक्षिक संस्थालाई निजी गुठी अन्तर्गत राख्ने र पछि सार्वजनिक गुठीमा जान प्रोत्साहन गरिने व्यवस्था गरिएको छ ।

शिक्षा ऐन २०२८ को २०५८ सालमा भएको सातौं संशोधनले निजी विद्यालयलाई कम्पनी ऐन वा शैक्षिक गुठीमा जानुपर्ने व्यवस्था गरेको थियो । त्यसभन्दा अघि निजी विद्यालयहरु सार्वजनिक विद्यालयसरह जिल्ला शिक्षा कार्यालयमै दर्ता हुने गरेका थिए ।

‘त्यो बेला करको दायरामा ल्याउने हिसाबले राज्यले योजना बनाएको थियो । अब अहिले सबै संस्थाहरुले ऋण लिएर धन बनाएपछि ‘गुठीमा जा’ भन्दा कसरी जान्छौं ?’ प्याब्सन अध्यक्ष ढुंगानाले प्रश्न गरे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा शिक्षा ऐनको आठौं संशोधन (२०७३) पछि कुनै पनि विद्यालय कम्पनी ऐनमा दर्ता नभएको बताउँछन् ।

उनी भन्छन्, ‘हामीले त शिक्षा ऐनको आठौं संशोधनपछि नै गुठीमा जाने भनिसकेका छौं । त्यसपछि कम्पनीमा दर्ता भएका छैनन् ।’

मन्त्रालयका एक अधिकारी भने शिक्षामा ब्यापारीकरण रोक्न गुठीमा लैजानुपर्ने व्यवस्था गरेकेा बताउँछन् । ‘उनीहरुको व्यक्तिगत सम्पत्ति कसरी भन्न मिल्छ ? अभिभावकबाट उठाएको पैसाबाट जोडेको सम्पत्ति हो त्यो । विद्यालयको नाम लेखिएका बसहरु व्यक्तिको नाममा दर्ता भएका छन् । त्यसैले सरकार अब उनीहरुको बिलौना वा धम्कीमा अलमलिनु हुँदैन ।’

सरकारले पाँच वर्ष समयावधि दिएकाले संञ्चालकहरु आत्तिनुनपर्ने ती अधिकारी बताउँछन् ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापा भने निजी विद्यालय कम्पनीमा दर्ता हुने प्रावधान हटाउनु नै उचित हुने बताउँछन् ।

सञ्चालकहरुले निजी सम्पत्ति सार्वजनिक गर्न नसकिने तर्क गरिरहेका छन्, त्यसको भने सरकारले उचित मूल्याङ्कन गरेर व्यवस्थापन गर्नुपर्ने थापाको भनाइ छ ।

प्रस्तावित विधेयकमा निजी विद्यालयहरुमा कार्यरत शिक्षकको तलब राष्ट्रिय मापदण्ड बनाएर स्थानीय तहले तोकेको तलब शिक्षकलाई दिने व्यवस्था छ । विद्यालय सञ्चालकहरुले यस विषयमा पनि असहमति जनाएका छन् । स्थानीय तहपिच्छे शुल्क र तलब तोक्दा देशभर एकरूपता कायम नहुने उनीहरुको जिकिर छ ।

शिक्षकको श्रमको उचित मुल्याङ्कन गर्न भने निजी विद्यालय जहिल्यै पछि हटेको इस्टुका अध्यक्ष थापा बताउँछन् । ‘शिक्षकलाई तलब देऊ भन्न गयो भने अनेक बहाना बनाउँछन्, यसअघि हामीले सामाजिक सुरक्षा कोषमा दर्ता गरौं भनेर माग राख्दा स्कुल नै धरासायी हुने तर्क गरे, सरकारी शिक्षक सरह तलब देऊ भनेर बालेनले भन्दा त्यसो गरे ९० प्रतिशत विद्यालय बन्द हुन्छन् भनिरहेका छन्’, थापा प्रश्न गर्छन्, ‘अहिलेसम्म शिक्षकले पो बचाइदिएका रहेछन् उहाँहरुको स्कुल ! उसो भए शिक्षकको श्रमको उचित मूल्याङ्कन गरेर सरकारले तोकेको तलब किन नदिने ?’

शिक्षाविद् विद्यानाथ कोइराला विगतमा सरकारले नै नाफामूलक रुपमा सञ्चालन गर्न दिएकाले निजी विद्यालयहरुले अहिले विरोध गरिरहेको बताउँछन् । गुठीमा लाने हो भने सरकारले चरण चरणमा काम गर्नुपर्ने उनको सुझाव छ ।

उनले भने, ‘राजधानीका सेन्ट जेभियर्स, सेन्ट मेरिज विद्यालयजसरी ट्रस्ट बनाएर स्कुल चलाउने । अथवा भारतमा जस्तै सुरुमा सरकारले उपलब्ध गराएको जमिन, कर छुट लगायत विभिन्न सुविधा लिएर निजी तवरबाट निजी स्कुल खोल्न दिने, अनि स्कुल चलेको दुई वा तीन वर्षपछि सरकारले त्यसको जिम्मा लिएर पठनपाठन जारी राख्ने ।’

काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका प्राध्यापक डा. लक्ष्मण ज्ञवाली शैक्षिक संस्थालाई गुठीमा परिणत गर्न आवश्यक रहेको बताउँछन् । अहिले अरुमा भन्दा शिक्षामा धेरै नाफा हुन्छ भन्ने सोँचले विद्यालयमा लगानी गर्ने प्रवृत्ति रहेको भन्दै उनले भने, ‘यदि विद्यालयमा उठेको पैसा विद्यालयमै खर्च गरेको भए यस्ता प्रश्नै उठ्दैनथे । लगानीकर्ताले नाफामात्रै हेर्ने, स्कुलमा नआउने गर्न थालेपछि सरकारले गुठी बनाउन खोजेको देखिन्छ ।’

उनका विचारमा सरकारको नियत सकारात्मक भए पनि निर्णय क्रममा कमजोरी हुन गएको छ । सञ्चालकले स्कुल खोल्ने बेलामा सरकारले सहयोग गरेको भए निजी विद्यालयले अहिले आन्दोलन गर्न नसक्ने डा. ज्ञवाली बताउँछन् । ‘उनीहरुले सरकारको निर्णय मान्न बाध्य हुने थिए । स्कुलको नाफा अरु व्यवसायमा लैजाने पनि थिएनन् ।’

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी संविधानले माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क भनेकाले निजी विद्यालय गुठीमै लैजानुपर्ने बताउँछन् । तर अहिले सञ्चालित निजी विद्यालयलाई दिएको ५ वर्षको समय छोटो भएको उनको भनाइ छ । ‘यति छोटो समय दिइँदा स्कुलहरु त्यसमा जान चाहेनन् भने राज्यले धान्न सक्ने स्थिति छ’ उनले प्रश्न गरे ।

कस्तो हुन्छ शैक्षिक गुठी ?

सरकारले शिक्षासम्बन्धी नयाँ विधेयक सार्वजनिक नगरेकाले शैक्षिक गुठीको कस्तो परिकल्पना गरेको छ खुलेको छैन । तर हालसम्म प्रचलित शिक्षा ऐन अनुसार विद्यालय सञ्चालन गर्न कुनै व्यक्तिले नाफा नलिने उद्देश्यले स्थापना गरेको सार्वजनिक वा निजी गुठीलाई शैक्षिक गुठी भनिएको छ ।

यस्ता गुठीले मुनाफा वितरण गर्न पाउने छैनन् । विद्यालयबाट उठेको रकम शिक्षकको तलब, विद्यालयको भौतिक पूर्वाधार, पुस्तकालय जस्ता शीर्षकमा मात्र खर्च गर्न पाउँछन् । विद्यालयहरु निजी र सार्वजनिक दुबैथरि गुठीमा सञ्चालन गर्न सकिने व्यवस्था शिक्षा ऐनमा छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply