विवाहपञ्चमीको अन्तिम दिन आज राम कलेवा (भिडियो सहित)

२ पुस, काठमाडौं । विवाहपञ्चमीको अन्तिम दिन आज राम कलेवा मनाइँदै छ ।

विवाहपछि जन्तीको रुपमा आएका साधुसन्तलाई भोजन गराएर ससम्मान बिदाइ गर्ने परम्परालाई राम कलेवा भन्ने गरिन्छ । आज दिउँसो जानकी मन्दिर प्रांगणमा ५६ व्यञ्जन मिष्ठान परिकार भोजन गराई, दानदक्षिणा दिएर जन्तीको विदाइ गर्ने कार्यक्रम रहेको मन्दिरका सह महन्त रामरोशन दासले बताए ।

जनकपुरधाममा भगवान राम र जानकीको विवाह सकिएको छ । जानकी मन्दिर प्रांगणमा बनाइएको विवाहमण्डपमा वैदिक परम्परा अनुसार राम जानकीको विवाह गरिएको हो ।

सप्ताहव्यापी विवाहपञ्चमीको छैठौ दिन हिजो दिउँसो राम र जानकीको डोला फेर गरि बाह्रबिघा मैदानमा स्वयंवर गरिएपछि रातभर जानकी मन्दिरमा वैवाहिक कार्यक्रम चलेको थियो । विवाह हेर्न भेला भएका हजारौं श्रद्धालुभक्तजनले जानकी मन्दिर प्रांगण खचाखच भरिएको थियो ।

त्रेता युगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान राम र आदर्शनारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव मनाइन्छ ।

यस दिनमा राम, सीता, लक्ष्मण, भरत र शत्रुघनको रुपमा बालबालिकालाई सजाएर भोजन गराउनुका साथै उनीहरुको पनि विदाई गरिन्छ । रामकलेवामा हुने सांस्कृतिक कार्यक्रम हेर्न जानकी मन्दिर परिसरमा भीड लाग्ने गर्दछ ।

मंसिर २६ गते सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलवारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौदिन मटकोर, छैठों दिन विवाहपञ्चमी र सातौं अर्थात अन्तिम दिन रामकलेवा गरी सम्पन्न हुने गर्दछ ।

सीता र रामको विवाहसम्पन्न भएपछि जनकपुर आएका लाखौ दर्शनार्थी घर फर्किन थालेका छन् ।

 

Related posts:

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

डोनाल्ड ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

१ किलो सुनसहित भारतीय नागरिक पक्राउ

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

मेयरको निर्देशनमा उपप्रमुखलाई कार्यालय पस्न अवरोध

थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी

कोशी,कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गर्‍याे

विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकालाई

ठाउँठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

बालबालिका अझै श्रममा

अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु

तीनकुने घटना : थुनछेक बहस आज पनि जारी

आमाका नामबाट मात्र पनि नागरिकता दिइने

बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै

दुर्गा प्रसाईंलाई थुनाबाहिरै राख्न इजलासमा भीमार्जुनसहित ६ वकिलको माग

पोखरामा युवकको शव फेला, घटना रहस्यमय

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

पोखरीमा डुबेर २ जना बालकको ज्यान गयो

डेंगु संक्रमण फैलिँदै, अबका चार महिना अति जोखिमपूर्ण

माओवादी पदाधिकारी बैठक प्रचण्ड निवासमा

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *