१६ श्रावण जनकपुरधाम । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका नेपाली कामदारहरू आर्थिक वर्ष २०८१/८२ मा मात्रै एक हजार पाँच सय १७ जना पुगेका छन्। तीमध्ये वैदेशिक रोजगार बोर्डले एक वर्षमा एक हजार ८६ जनाको शव सम्बन्धित परिवारको घरमै पुर्‍याएको छ ।

आव २०८१/८२ मा हासिल गरिएको उपलब्धि तथा नयाँ कार्यक्रमबारे बिहीबार पत्रकार सम्मेलन गरी बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले आव २०८१/८२ मा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका चार सय ८१ जनाको शव बोर्डले विभिन्न देशबाट नेपाल झिकाएको बताए। ‘विभिन्न कारणले विदेशमा मृत्यु भएका तर शव नेपाल ल्याउन नसकिएका चार सय ८१ जनाको शव त्रिभुवन विमानस्थल ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गरेका छौ भने एक हजार ८६ जनाको शवको ऐम्बुलेन्स भाडा हामीले नै दिएर सम्बन्धित परिवारको घरमै पुर्‍याइदिएका छौ’, उनले भने।

उनका अनुसार बोर्डले सबै मृतकका परिवालाई आर्थिक सहायता प्रदान गर्ने गरेको छ। यसको लागि एक आर्थिक वर्षमा बोर्डले एक अर्ब २३ लाख रूपैयाँ खर्च गरेको छ।

वैदेशिक रोजगारको सिलसिलामा नेपाली कामदारको मृत्यु भए मृतकका परिवारका सदस्य तथा नजिकका हकदारलाई बोर्डले क्षतिपूर्ति दिने गरेको छ।

वैदेशिक रोजगार बोर्डले आव २०८१/८२ मा तीन हजार चार सय ३० विद्यार्थीलाई वैदेशिक रोजगार सन्तति छात्रवृत्ति प्रदान गरेको छ।

पत्रकार सम्मेलनमा गराइएका जानकारी अनुसार बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारबाट फर्केर आफैं रोजगारीमा होमिएका नेपाली नागरिकलाई सम्मान कार्यक्रम राख्ने भएको छ। यसैगरी बोडैले चालु आवमा वैदेशिक रोजगारीको विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार २०८१ फागुनसम्म वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिनेको संख्या ६४ लाख ६१ हजार १९ पुगेको छ। यसमध्ये महिला ६.७ प्रतिशत र पुरुष ९३.३ प्रतिशत रहेका छन्। चालु आर्थिक वर्षको फागुनसम्म ४१ हजार ३२० महिला र दुई लाख ७५ हजार सात सय ४३ पुरुष गरी तीन लाख १७ हजार ६३ व्यक्तिले नयाँ श्रम स्वीकृति लिएका छन्।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म नवीकरणसहित नयाँ श्रम स्वीकृति लिनेको संख्या पाँच लाख ३४ हजार चार सय ७१ पुगेको छ। यसमध्ये महिला ११.३ प्रतिशत र पुरुष ८८.७ प्रतिशत रहेका छन्।

मन्त्रालयका अनुसार आव २०८१/८२ को फागुनसम्म इपिएस प्रणाली मार्फत् सात हजार ५०९ नेपाली कामदार दक्षिण कोरिया गएका छन्। यस्तो संख्या आर्थिक वर्ष २०८०/८१ मा १० हजार आठ सय ५५ रहेको थियो। सरकारी तहबाट वैदेशिक रोजगारीमा गएका नेपाली आप्रवासी कामदार र तिनका परिवारलाई लक्षित गरी विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

चालु आवको फागुनसम्म वैदेशिक रोजगारीको क्रममा शारीरिक रूपमा अंगभंग तथा बिरामी भएका कामदारको संख्या तीन सय १७ पुरुष र १९ महिला गरी तीन सय ३६ पुगेको छ। त्यस्ता कामदारले आर्थिक सहायता बापत १४ करोड ७४ लाख ८८ हजार रूपैयाँ प्राप्त गरेको मन्त्रालयको भनाइ छ।

संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन भइरहेको छ। यो कार्यक्रम हाल चौथो चरणमा गरी ६८ जिल्लाका दुई सय ६७ स्थानीय तहमा सञ्चालनमा रहेको छ। यस कार्यक्रमबाट २०८१ फागुनसम्म चार लाख ५४ हजार दुई सय ३१ व्यक्तिले वैदेशिक रोजगारी सम्बन्धी सेवा प्राप्त गरेको मन्त्रालयले  जनाएको छ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply