१९ पुष, जनकपुरधाम । आज जनकपुरधामको जानकी मन्दिरबाट भारतको उत्तर प्रदेश स्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको लागि ११ सय भन्दा बढी कोसेली (भार) पठाईएको छ ।

अयोध्यामा आगामी जनवरी २२ तारिखमा हुने नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमका लागि जानकीको माईतबाट रामको घर अयोध्यामा जानकी मन्दिरले ११ सय भन्दा बढी कोसेली (भार) जनकपुरधामको परिक्रमा गर्दै त्यस तर्फ पठाएको हो ।

मिथिलाञ्चलमा छोरीको ससुरालमा गृह प्रवेश भएको खण्डमा माईतबाट कोसेली पठाउने चलन छ । त्यही विधि अनुसार अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा (घरबास)मा सीताको माइतीघरबाट कोसेली लगिएको हो ।

कोसेलीमा काजु, किसमिस, पञ्चमेवा, चाँदीको खराउ, चाँदीको धनुष, पुरुकिया, दहि चिउरा, अदौरी, दनौरी, चामल, दाल, साडी, धोती, ठेकुवा, भुसुवा, खाजा, मिठाई, खजुरिया फलफूल, पञ्चमेवा, सुन चाँदीका गरगहना लगायतका सामग्री अयोध्याका लागि पठाईएको हो । अयोध्या जाने गाडीहरुलाई विशेष रुपमा सजाइएको छ ।

अयोध्याका लागि पठाईएको भार मध्ये बढी भार जानकी मन्दिरले तयार पारेको छ भने सीता जनकपुरबासीको छोरी, बहिनी भएको बिश्वासका साथ केही भार स्थानीय जनकपुरधामबासीले पनि पठाएका छन । तयारी भारहरु विभिन्न गाडीहरुमा पठाईएको छ । जनकपुरधामबाट पाँच वटा बस, ४ वटा ट्रक र करिब २० वटा सानो गाडीमा श्रद्धालु सहित प्रस्थान गरेको हो ।

कोसेली (भार) जनकपुरबाट निस्केर महोत्तरीको जलेश्वर बाट हुलाकी राजमार्ग हुँदै, मलंगवा, गौर, कलैया बाट विरगंजमा पुगेर रात्री बास बसेको छ भने भोलि (शुक्रबार) बिहान सीमापारी रक्सौल हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए । वीरगंजसम्म पुग्दा भार थपिन सक्ने अनुमान छ । रुटमा पर्ने नगरपालिकाहरुबाट भार थपिने कुरो रहेको महन्थ दासले बताए ।

उनका अनुसार शनिबार बिहान ९ बजे राम जन्म भूमि ट्रष्टलाई उक्त कोसेलीहरु हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि भार लिएर जाने टोली जनकपुरधाम फर्किने छ । भारसहित जनकपुरधामका मेयर मनोज साहसहित संयौंको संख्यामा श्रद्धालुहरु अयोध्याका लागि प्रस्थान गरेका छन ।

मन्दिर उद्घाटनमा लगिने भारले जनकपुरधाम र अयोध्याबीच प्रगाढ सम्बन्ध स्थापित हुने छोटे महन्त दासले बताए । उनले सदीयौदेखिको दुबै देशबीचको सम्बन्ध अझै बलियो हुने बताए । यसले विश्वजगतमा छुट्टै सन्देश जानुको साथै पर्यटन प्रबद्र्धनमा पनि टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।

यसअघि निर्माणाधीन राम मन्दिरको प्राणप्रतिष्ठा हुने दिनको लागि अभिषेक गर्न नेपालबाट जल पठाइसकेको छ । यहाँको बिभिन्न पवित्र नदीहरुबाट संकलन गरिएको जल अभिषेक गर्नका लागि पठाइएको छोटे महन्त दासले बताए । सो जल विश्व हिन्दू परिषद् नेपालको नेतृत्वमा जनकपुरधामबाट संकलन गरी अयोध्या लगिएको थियो ।

यो भन्दा पनि केही अघि अयोध्यामा मन्दिर बन्न थालेपछि गत फ्रेबुअरीमा नेपालको कालीगण्डकी किनार बाट दुईवटा शिलाहरू अयोध्या पु¥याइएको थियो । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–६ ठूलोबगरस्थित कालीनदी किनारबाट १४ र २७ टनका दुईवटा शिलाहरू जनकपुरधामस्थित जानकी मन्दिरमार्फत अयोध्या पठाइएको थियो ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोस ।

 

 

 

 

Related posts:

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

डोनाल्ड ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

Leave a Reply