११ असार जनकपुरधाम । चन्द्रपुर नगरपालिका– १०, बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टीट्यांकीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार गएराति चन्द्रपुर– १०, बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको हो।

मंगलबार साँझ दुवै बालबालिका स्थानीय ह्दय पासवानको घरमा खेल्ने क्रममा ट्वाइलेटको सेफ्टीट्यांकीमा डुबेका थिए । दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।