६ असार , जनकपुरधाम । पूर्वी नवलपरासीको दुम्कीबासमा रहेको विनयी खोलाको बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार भएको छ । ३८ जना यात्रु लिएर काठमाण्डौबाट नेपालगञ्जको लागि छुटेको भे १ ख ४०८५ नम्बरको बस गएराति झन्डै १२ बजेतिर बाढीमा फसेको थियो । बस बाढीमा फस्नेबित्तिकै एक्साभेटरको सहायताले सबै यात्रुको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार डाइभर्सनबाट बस पार गर्दै गर्दा खोलामा ठूलो बाढी थिएन । बीचमा पुगेपछि बस एक्कासी डाइभर्सनमा फस्यो । बस फस्नेबित्तिकै १४ जना यात्रु आफैं बसबाट निस्किएर खोला पार गरे ।

बाँकी २४ जना बसको छतमा गएर बसे र उद्धारको लागि प्रहरीसँग अनुरोध गरे । त्यसपछि प्रहरीले तत्कालै एक्साभेटरको मद्दतले यात्रुको सकुशल उद्धार गरेको डीएसपी नेपालले उज्यालोलाई जानकारी दिनुभयो । सबै यात्रुको उद्धार गर्न झन्डै दुई घण्टा लागेको उहाँको भनाइ छ । लगत्तै खोलामा ठूलो बाढी आएर डाइभर्सनसँगै बसलाई पनि बगाएको प्रहरीले जनाएको छ । बाढीले बगाएको बस झण्डै एक किलोमिटर तल फेला परेको छ ।

विगत केही दिनयता बाढीले विनयी खोलाको डाइभर्सनमा क्षति पुर्‍याउँदै आएको छ । प्रहरीले नारायणघाट–बुटबल सडक भएर यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । गएको पुसमा ठूलो ट्रकले पुल भाँचिएपछि विनयी खोलामा डाइर्भसनबाट गाडी ओहोरदोहोर हुँदै आएको छ । तर वर्षासँगैको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने गरेको छ । दुम्कीबासबाट दाउन्नेतर्फको सडक हिलाम्य भएकाले गाडीहरू उकालो चढ्न नसकेर बीच बाटोमै अलपत्र छन् ।

Related posts:

विद्यालयमा लागु पदार्थ विरुद्ध जनचेतनामूलक अभिमुखिकरण तालिम सम्पन्न

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

Leave a Reply