६ असार , जनकपुरधाम । दैलेखमा मिथेन ग्यास भेटिएको समाचारले भारतीय मिडियामा पनि चर्चा पाएको छ। दैलेखमा पेट्रोलियम पदार्थको सम्भावनाका आधारमा गरिएको प्रारम्भिक अध्ययनमा मिथेन ग्यास फेला परेको जानकारी सार्वजनिक भएसँगै यो विषयले ध्यान खिचेको हो।

भारतीय समाचार संस्था ‘पिटिआई’ ले ‘पश्चिम नेपालमा ठूलो मात्रामा मिथेन ग्यासको भण्डार फेला पर्‍यो’ शीर्षकमा समाचार प्रकाशित गरेपछि विभिन्न भारतीय मिडियाले यसलाई आधार बनाएर फरक-फरक समाचार बनाएका छन्।

त्यसमध्ये इन्डिया टिभीले ‘नेपाल मालामाल बन्दै’ शीर्षकमा रोचक समाचार प्रकाशित गरेको छ। ‘नेपाल धनी बन्ने छ!’ भन्ने शीर्षकमा उसले लेखेको छ, ‘यस्तो खोज भएको छ, जसले ५० वर्षसम्म ग्यासको कमी हुनेछैन।’ समाचारलाई थप रोचक बनाउन नेपालले ‘ठूलो खजाना’ पाएको उल्लेख गरिएको छ। ‘नेपालले ठूलो खजाना फेला पारेको छ,’ उसले लेखेको छ, ‘यो सुन-चाँदीको होइन, बरु ग्यास भण्डारको रूपमा।’

त्यस्तै, नवभारत टाइम्सले ‘चीनले नेपालमा गाडिएको अर्बौं डलरको खजाना फेला पार्‍यो, ५० वर्षसम्मको आवश्यकता पूरा हुनेछ’ शीर्षकमा समाचार प्रकाशित गरेको छ। अन्य भारतीय मिडियाले पनि खजाना भेटिएको भन्दै समाचार छापेका छन्।

खासमा के भेटिएको हो?
चिनियाँ विज्ञहरूको टोलीले गरेको अन्वेषणमा दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन खानी तथा भूगर्भ विभागले प्राप्त गरेको छ। दैलेखका अन्य तीन स्थानमा पनि मिथेन ग्यास रहेको बताइएको छ। चिनियाँ टोलीको प्रतिवेदनअनुसार नेपाललाई ५० वर्षसम्म पुग्ने प्राकृतिक ग्यासको अनुमान छ।

तर, भारतीय मिडियामा उल्लेख भएजस्तो नेपाल तत्काल मालामाल हुने अवस्था नरहेको विज्ञहरू बताउँछन्। व्यावसायिक उत्पादन सम्भव छ वा छैन भन्ने कुरा अन्तिम प्रतिवेदनले निर्धारण गर्नेछ, खानी तथा भूगर्भ विभागका सूचना अधिकारी डा. मुकुन्द भट्टराईले बताए। भट्टराईका अनुसार यो ग्यास रासायनिक पदार्थ उत्पादनमा कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ। यो इन्धन र विभिन्न औद्योगिक प्रक्रियामा उपयोगी हुन्छ।

चीनको जिओलोजिकल सर्भे कम्पनीले सन् २०२५ को डिसेम्बरसम्म अन्तिम प्रतिवेदन दिनेछ। चीनको चाइना जिओलोजिकल सर्भेले भौगर्भिक अध्ययन गरेको हो भने सिएनपिसी सिबु इन्जिनियरिङ कम्पनीले जमिनमा ड्रिलिङ गरेर अध्ययन गरेको हो। विज्ञहरूले नमुना सङ्कलन गरी चीनको प्रयोगशालामा परीक्षण गरेका छन्।

Related posts:

विद्यालयमा लागु पदार्थ विरुद्ध जनचेतनामूलक अभिमुखिकरण तालिम सम्पन्न

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

Leave a Reply