५ असार, जनकपुरधाम । निलम्बन परेका काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बिहीबारबाट पुनः आफ्नो जिम्मेवारी सम्हालेका छन्।

उच्च अदालत पाटनको अन्तरिम आदेशपछि काममा फर्किएका पाण्डेले अब महानगर प्रहरी बल विगतभन्दा अझ सशक्त र परिणाममुखी भएर काम गर्ने प्रतिबद्धता जनाए।

बुधबार उच्च अदालत पाटनले निलम्बनको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै पाण्डे बिहीबार बिहान सुनधारास्थित महानगर प्रहरी बलको कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन्।

कार्यालयमा संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफू कसैप्रति आग्रह-पूर्वाग्रह नराखी काम गर्ने स्पष्ट पारे। ‘कुनै पनि हालतमा अब अझ सशक्त भएर महानगर प्रहरी लाग्छ, म आफैँ पनि लाग्छु,’ उनले भने, ‘हिजोको भन्दा पनि अझ राम्रो र परिणाममुखी काम हुनेछ। केही कमीकमजोरी भएका छन् भने त्यसलाई सुधार्नुपर्छ।’

उनले आफूभन्दा माथिल्ला पदाधिकारीको विषयमा कुनै प्रतिक्रिया नदिने तर आफ्नो मातहतका कर्मचारीले पदीय मर्यादाभन्दा बाहिर गएर काम गरे कारबाही गरिने चेतावनी दिए।

‘मेरो मातहतका प्रहरी कर्मचारीको हकमा, सबैले आफ्नो काम, कर्तव्य र अधिकारको सीमाभित्र बसेर काम गर्न मैले भनेको छु,’ पाण्डेले भने, ‘त्योभन्दा बाहिर गएर आफ्नो पदीय मर्यादामा नबस्ने प्रहरी कर्मचारी कोही भेटिएको खण्डमा कारबाही हुनेछ।’

आफ्नो तत्कालको कार्ययोजनाबारे बोल्दै उनले वर्षायाममा हुन सक्ने सम्भावित विपद्‌को सामना गर्न महानगर प्रहरी तयारी अवस्थामा रहेको बताए।

‘वर्षा लाग्नुभन्दा अगाडि नै बाढी, पहिरो र डुबान जस्ता समस्याका लागि हामीले एक-दुई महिना अघिदेखि नै तयारी थालिसकेका थियौं,’ उनले भने, ‘नेपाली सेना, सशस्त्र प्रहरी बलसँग समन्वय गरेर तालिम र अभ्यासहरू भएका छन्। जनतालाई दुःख परेको बेलामा महानगर प्रहरी कहीँ केही नभनी खटिनेछ।’

Related posts:

विद्यालयमा लागु पदार्थ विरुद्ध जनचेतनामूलक अभिमुखिकरण तालिम सम्पन्न

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

Leave a Reply