०७ असोज २०८२ धनुषा, लक्ष्मिनिया
द एशिया फाउण्डेशन र दलान नेपालको सहकार्यमा सञ्चालित “एकल महिलाहरूको अधिकारका लागी सहयोग” परियोजना सफलता पूर्वक सम्पन्न भई औपचारिक रूपमा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । यस अवसरमा सिकाई तथा उपलब्धि आदान प्रदान कार्यक्रम आयोजना गरी परियोजनाको अन्तिम प्रतिवेदन, हासिल गरिएका नतिजा, सहभागीहरूको विवरण, टिम लिडरहरूको जानकारी तथा विस्तृत केस स्टडी प्रस्तुत गरिएको थियो ।
परियोजनाबाट देखिएका उपलब्धि तथा एकल महिलामा आएको चेतना, आत्मबल, अधिकारका लागि वकालत गर्ने क्षमता र आपसी एकताको संस्कृति कार्यक्रममा मुख्य आकर्षण बनेको थियो ।


कार्यक्रममा बोल्दै लक्ष्मिनिया गाउँपालिकाकी उपाध्यक्ष फूलकुमारी यादवले परियोजनाले एकल महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याएको भन्दै उच्च प्रशंसा व्यक्त गर्नुभयो । उहाँले आगामी वर्षदेखि नै एकल महिलाको आर्थिक सशक्तिकरणका लागि छुट्टै बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत राजगीर महतो, प्रशासन अधिकृत पुनिता यादव, वडाध्यक्षहरु, गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुख, सञ्चारकर्मी र सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले परियोजनाले देखाएको परिणामलाई दिगो बनाउन स्थानीय सरकारसँगको सहकार्य निर्णायक हुने बताउनुभयो । उहाँका अनुसार, परियोजनाले एकल महिलाहरूलाई “स्वतन्त्र र सम्मानजनक जीवन” को बाटोमा अगाडि बढ्न प्रेरित गरेको छ । वडा अध्यक्ष लालजी साह तेली का अनुसार दलान नेपाल ले हाम्रो समाजमा उदाहरणीय काम गरेको बताउनु भयो । कार्यक्रममार्फत औपचारिक रूपमा परियोजना सम्पन्न प्रतिवेदन लक्ष्मिनिया गाउँपालिकालाई बुझाइएको छ । गाउँपालिकाले यस परियोजनालाई निरन्तरता दिने मात्र नभई आवश्यक कार्यान्वयनका पहल गर्ने र एकल महिलाको हक अधिकार र आर्थिक सुदृढीकरणमा कुनै कमी नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

यस कार्यक्रमले आपसी सिकाइ, अनुभव आदान–प्रदान र दिगोपनाका लागि बलियो साझेदारीको आधार तयार गरेको दलान नेपालले जनाएको छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे