१५ भाद्र जनकपुरधाम । भारतमा लगेर नेपाली नागरिकको मिर्गौला बेच्ने गिरोहका नाइकेसहित थप दुई जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आइतबार सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारी र उनका सहयोगी सुजन भारतीलाई नियन्त्रणमा लिएको हो। भण्डारीलाई कञ्चनपुर र भारतीलाई वीरगञ्ज नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पीडितहरूले दिएको जाहेरीका आधारमा ब्युरोले ‘अपरेसन लाइफ फिल्ड’ नाम दिएर विशेष अनुसन्धान अघि बढाएको थियो।

यसअघि गत साउन २० गते यसै गिरोहमा संलग्न तीन जना पक्राउ परिसकेका छन्। हालसम्म उनीहरूविरुद्ध चार वटा मुद्दा दर्ता भएका छन् भने कम्तीमा पाँच जना पीडितले जाहेरी दिएका छन्।

उक्त  गिरोहले सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङलगायतका जिल्लामा पुगेर विपन्न परिवारलाई विभिन्न प्रलोभनमा पारी  पीडितलाई काठमाडौं ल्याई भारतको नयाँ दिल्ली पुर्‍याउने गर्दथे।  दिल्ली पुगेपछि दलालमार्फत मिर्गौला निकालेर बिक्री गर्ने गरेको खुलेको छ।

भारतमा पुगेपछि उनीहरूको सहमतिविना नै मिर्गौला बेचिएको विवरण जाहेरीमा उल्लेख छ। यसले नेपालमा अंग बेचबिखन र तस्करीको गम्भीर स्वरुपलाई उजागर गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका एक अधिकृतका अनुसार यो समूह लामो समयदेखि सक्रिय थियो। नाइके पक्राउ परेसँगै अब मूल जालो फुत्किन नपाउने गरी अनुसन्धान अघि बढाइनेछ।

नेपालमा यसअघि पनि भारत र अन्य मुलुकमा लगेर मिर्गौला बेच्ने गिरोह सार्वजनिक हुने गरेका छन्। सन् २०१७ मा पनि मोरङ र सुनसरीका युवाहरूलाई दिल्ली लगेरे मिर्गौला बेचिएको उजुरी दर्ता भएको थियो। त्यसयता प्रहरीले यस्ता गिरोहमाथि निरन्तर कारबाही गर्दै आएको छ।

विशेषज्ञहरूको भनाइमा गरिबी, बेरोजगारी र शिक्षा–सचेतनाको कमीका कारण नेपालमा अंग बेचबिखन सजिलै हुने गरेको छ। अंग तस्करी नियन्त्रणका लागि सीमामा निगरानी कडा गर्ने, जनचेतना कार्यक्रम विस्तार गर्ने र अन्तर्राष्ट्रिय सहकार्य बढाउने आवश्यक रहेको उनीहरूको सुझाव छ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे