धनुषा । लक्ष्मिनियाँ गाउँपालिका को कार्यान्वयन तथा अवनी मिडिया प्रा.ली. को सहयोगमा विद्यालय स्तरमा “लागु पदार्थ सम्बन्धि अभिमुखिकरण तालिम” सफलतापूर्वक सम्पन्न गरिएको छ ।

कार्यक्रम अन्तर्गत श्री बिलट साह माध्यमिक विद्यालयमा २१ बैशाख २०८३ देखि २४ बैशाख २०८३ सम्म तथा लक्ष्मिनियाँ जनता माध्यमिक विद्यालयमा २२ बैशाख २०८३ देखि २५ बैशाख २०८३ सम्म चार दिने तालिम सञ्चालन गरिएको थियो । तालिममा कक्षा ८, ९ र १० का विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य विद्यालय तहका किशोर तथा युवाहरूलाई लागु पदार्थ दुव्र्यसनबाट हुने शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक असरबारे सचेत गराउनुका साथै सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्नु रहेको थियो ।

तालिम अवधिभर विद्यार्थीहरूलाई लागु पदार्थको परिचय, यसको प्रकार, प्रयोगका कारण, किशोरावस्थामा हुने जोखिमपूर्ण व्यवहार, कानुनी व्यवस्था तथा कुलतबाट बच्ने उपायहरूबारे जानकारी प्रदान गरिएको थियो । साथै जीवन उपयोगी सीप विकास, आत्मविश्वास अभिवृद्धि, “No” भन्न सक्ने क्षमता विकास तथा सकारात्मक सोच सम्बन्धि अन्तरक्रियात्मक सत्रहरू समेत सञ्चालन गरिएको थियो ।

कार्यक्रममा समूह छलफल, प्रश्नोत्तर, प्रस्तुतीकरण तथा व्यवहारिक अभ्यासमार्फत विद्यार्थीहरूलाई सक्रिय सहभागितामा आधारित सिकाइ प्रदान गरिएको थियो । सहभागी विद्यार्थीहरूले तालिम अत्यन्त प्रभावकारी तथा ज्ञानवर्धक भएको प्रतिक्रिया दिएका थिए । उनीहरूले लागु पदार्थको वास्तविक असर, गलत संगतबाट बच्ने उपाय तथा स्वस्थ जीवनशैलीको महत्वबारे नयाँ जानकारी प्राप्त गरेको बताएका थिए ।

विद्यालय प्रशासन तथा शिक्षकहरूले विद्यालय स्तरमै यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यक्रम आयोजक पक्षका अनुसार तालिमले विद्यार्थीहरूमा सकारात्मक सोच, जिम्मेवारीबोध तथा लागु पदार्थ विरुद्ध सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ । साथै विद्यालय तथा समुदाय स्तरमा सकारात्मक वातावरण निर्माण गर्न समेत कार्यक्रम प्रभावकारी भएको जनाइएको छ ।

आगामी दिनहरूमा पनि समुदायको आवश्यकता तथा सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै यस्ता जनचेतनामूलक, सिर्जनात्मक तथा सकारात्मक कार्यक्रमहरूमा अवनी मिडिया प्रा.ली. निरन्तर सहकार्य र सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ । समाजमा सकारात्मक परिवर्तन ल्याउन सामूहिक प्रयास, जनसहभागिता तथा सचेतनाको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरिएको छ ।

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार