३ असोज,  काठमाडौँ । संविधान दिवसका दिन सरकारले नेपाल प्रहरीका ११९ जनालाई मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा पदकको घोषणा गरेकी हुन् । मान–पदवी, अलङ्कार र पदकद्वारा सम्मान गर्ने घोषणा गरिएकामा प्रहरी कार्यालय सहयोगीदेखि महानिरीक्षकसम्म छन् । कार्यालय सहयोगी सूर्य कुमारी अधिकारीले राष्ट्रसेवा पदक प्रथम श्रेणी पाउने भएकी छिन् । अधिकारी महानगरीय प्रहरी पहरा गण गुल्म नम्बर–४ सामाखुसीमा कार्यरत छिन् । नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीलाई सुकीर्तिमय राष्ट्रदीप प्रदान गर्ने घोषणा गरिएको छ ।

डिआइजीहरू घनश्याम अर्याल, धिरज प्रताप सिंह, उत्तमराज सुवेदी, प्रकाशजंग कार्की, वसन्त कुमार पन्त, प्राविधिक डिआईजी डा. मिनराज पाठक र डा. रामकृष्ण राजभण्डारीलाई सुप्रबल जनसेवाश्रीले सम्मान गर्ने निर्णय गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू राजेशनाथ बास्तोला र उमेश राज जोशी र श्यामलाल ज्ञवाली सहित थप १० जना प्रहरी अधिकृतले सुप्रबल जनसेवाश्री पाउने भएका छन् ।

कास्कीका एसपी रमेश थापा र धनुषाका एसपी प्रकाश रानाभाटलाई कीर्तिमय राष्ट्रदीपले सम्मान गर्ने घोषणा गरिएको छ । एसपीद्वय उमा प्रसाद चतुर्वेदी र रवीन्द्र रेग्मीलाई प्रबल जनसेवाश्रीले सम्मान गर्ने निर्णय गरिएको छ ।

प्रबल जनसेवाश्री पाउनेमा डिएसपीहरू काजीकुमार आचार्य, नरेशराज सवेदी, सुधिरराज शाही र भेषराज रिजाल छन् । इन्स्पेक्टर एलिजा गिरी र थप १६ जना प्रहरी अधिकारीले प्रबल जनसेवाश्री पाउने भएका छन् ।

​सई शरण शाहलाई जनसेवाश्री प्रदान गर्ने निर्णय गरिएको छ । जनसेवाश्री पाउनेमा शाह सहित ३ जना सई, तपेन्द्र बहादुर विष्टसहित ३ जना असई, लेखबहादुर गुरुङसहित ३ जना हवल्दार र प्रहरी जवान अमर राज मिश्र छन् ।

संखुवासभामा भएको ६ जनाको सामूहिक हत्याबारे अनुसन्धान गरेका एसपी भीम दाहाल सहित चारजना एसपीलाई नेपाल प्रताप सुभूषण प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल प्रताप सुभूषण पाउनेमा निरञ्जन दत्त भट्ट सहित ६ जना डिएसपी छन् । यमकुमार श्रेष्ठ र लक्ष्मी खनाल सहित ११ जना इन्सपेक्टरलाई पनि नेपाल प्रताप सुभूषण दिने घोषणा गरिएका छ ।

निर्मला पन्त बलात्कार–हत्या अनुसन्धान गरिरहेका डिएसपी पञ्च कुमार बाखुसहित २५ जना प्रहरीलाई नेपाल प्रताप आभूषण दिने घोषण गरिएको छ । नेपाल प्रताप आभूषण पाउनेमा प्राविधिक तर्फका एसपी नरेश बहादुर मल्ल, इन्स्पेक्टर अनिल कुमार अधिकारी र प्रहरी नायव निरीक्षक (सई) रमेश बजगाईसहित २५ जना अधिकृत छन् ।

विजय कुमार दास सहित ७ जना हवल्दार र सुनिता बिक सहित ७ जना जवानलाई नेपाल प्रताप भूषण प्रदान गर्ने घोषणा गरिएको छ । उसु खेलाडी तथा प्रहरी सहायक निरीक्षक (असई) जुनी राईलाई सुकीर्ति पदक प्रदान गर्ने घोषणा गरिएको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण ज्यान गुमाएका डिएसपीद्वय समीर चन्द्र खरेल र राजकुमार केसीलाई वीरता पदक दिने घोषणा गरिएको छ । समीर चन्द्र खरेल र राज कुमार केसी नेपाल प्रहरीका काबिल र इमानदार अफिसरको रूपमा चिनिन्थे । २०७८ जेठमा नेपाल प्रहरी अस्पतालमा उनीहरूले ज्यान गुमाएका थिए ।

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply