३० जेठ, जनकपुरधाम । निरन्तरको वर्षा विभिन्न ठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ। राप्ती राजमार्ग अन्तर्गत कपुरकोट – दाङ सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा शुक्रबार बिहान देखि नै राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

कपुरकोट गाउँपालिका ३ को चोरखोला र दाङ तुलसीपुर उपमहानगरपालिकाको राम्री खण्डमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । सल्यान – दाङ सिमानामा झरेको पहिरो हटाए पनि चोरखोलामा ठूलो पहिरो जाँदा सडक सञ्चालन हुन समय लाग्ने उनको भनाइ छ। वर्षात भइरहदा पहिरो हटाउन समस्या भएको खत्रीको भनाइ छ ।

बिहानै देखि सडक अवरुद्ध हुँदा गन्तव्यमा हिडेको सयौं गाडी बिच बाटोमा अलपत्र परेका छन्।