२९ जेठ, जनकपुरधाम । विश्वमा अझै पनि १३ करोड ८० लाख बालबालिका बालश्रममा संलग्न रहेको पाइएको छ । विश्व बालश्रमविरुद्धको दिवसका अवसरमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२४ मा विश्वभर झन्डै १३ करोड ८० लाख बालबालिका बालश्रममा संलग्न रहेको जानकारी गराएका हुन् ।

बालश्रममा रहेकामध्ये पाँच करोड ४० लाख जनाभन्दा धेरै बालबालिका जोखिमयुक्त काममा संलग्न रहेका प्रतिवेदनमा उल्लेख छ । जोखिमयुक्त कामका कारण ती बालबालिकाको स्वास्थ्य, सुरक्षा वा मानसिक विकासमा गम्भीर असर पारिरहेको प्रतिवेदनमा भनिएको छ ।

सन् २०२० यता दुई करोड २० लाख बालबालिका बालश्रमबाट मुक्त भए पनि सन् २०२५ सम्म बालश्रमको पूर्ण उन्मूलन गर्ने विश्व लक्ष्य भने अधुरै रहेको प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदन अनुसार बालश्रमको ६१ प्रतिशत कृषि क्षेत्रमा रहेको छ । त्यसपछि सेवा क्षेत्रमा २७ प्रतिशत र उद्योग क्षेत्रमा १३ प्रतिशत बालबालिका कार्यरत देखिन्छन् ।

आईएलओ र युनिसेफले बाल श्रम उन्मूलनका लागि सामाजिक सुरक्षा प्रणालीमा लगानी गरी बालभत्ताको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

२०७८ सालमा गरेको अध्ययन अनुसार नेपालमा ११ लाख बालबालिका बालश्रममा रहेका छन् । केन्द्रीय तथ्याङ्क विभागले अन्तराष्ट्रिय श्रम सङ्गठनसँगको सहकार्यमा गरेको अध्ययन अनुसार ११ लाख बालबालिका श्रममा रहेका पाइएकोमा दुई लाख जना बालबालिका जोखिमपूर्ण श्रममा रहेका छन् ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply