२१ जेठ, जनकपुरधाम ।  प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गरिदिएसँगै काठमाडौं महानगरभित्र मेयर बालेन्द्र साह पूर्णरूपमा एक्लिएका छन् । अहिलेसम्म मेयरलाई साथ दिइरहेको नगर प्रहरीसमेत बालेनको पकडबाट फुस्किएको छ ।

प्रशासकीय अधिकृत गुरागाईंले आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको घटनालाई लिएर एसएसपी पाण्डेलाई कारवाही गरेका हुन् । उक्त घटनाका विषयमा छानविन गर्न जाँचबुझ समिति समेत बनाइएको छ । बढीमा ६ महिनाका लागि पाण्डेलाई निलम्बनमा राख्दै गुरागाईंले नगरप्रहरीको तत्कालीन नेतृत्व एसपी विष्णु जोशीलाई दिएका छन् । अहिलेसम्म कर्मचारी र जनप्रतिनिधलाई विश्वासमा लिन नसकेका बालेनले नगरप्रहरीको आडमा महानगर चलाइरहेका थिए । आफैंले नगर प्रहरी प्रमुख बनाएको हुँदा राजु पाण्डेको बालेनलाई पूर्ण समर्थन र साथ थियो । कानूनतः नगर प्रहरीलाई प्रशासकीय अधिकृतले कमाण्ड गर्ने भए पनि पाण्डे सिधै बालेनको आदेशमा चल्ने गर्थे ।

बालेनकै निर्देशन बमोजिम गत चैत २१ मा प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय आउन नदिन पाण्डेको नेतृत्वमा नगर प्रहरी परिचालित भएका थिए । तर, जनप्रतिनिधि र कर्मचारीले गुरागाईंलाई कार्यालय पुन:स्थापित गराइ छाडे ।

उक्त घटनापछि बालेनको प्रशासकीय अधिकृतसँग पानी बाराबारकै स्थिति छ । उपमेयर सुनीता डंगोलसँग पनि बालेनको सम्वन्ध बिग्रिएको छ । आपसी समन्वयमा महानगर चलाउनुपर्ने प्रमुख तीन व्यक्तिहरूबीच नै चरम अविश्वास र असमझदारी उत्पन्न भएपछि महानगरका महत्वपूर्ण काम कारवाहीहरू प्रभावित बनिरहेका छन् । लामो समयदेखि कार्यपालिका बैठक नै बस्न सकेको छैन ।

काठमाडौंका वडाध्यक्षहरू सबैजसो बालेनको खिलाफमा छन् । उनीहरूले बालेनको कार्यशैली अलोकतान्त्रिक, अपारदर्शी र मनोमानीपूर्ण रहेको भन्दै विरोध गर्दै आएका छन् । बालेनले जनप्रतिनिधि र कर्मचारीहरूलाई उपेक्षा गर्दै सचिवालयमार्फत महानगर चलाउन खोजेको आरोप छ । उनले फेसबुकमा निरन्तर सरकारविरुद्ध प्रहार गरिरहँदा एमाले-कांग्रेसका वडाध्यक्षहरू थप रुष्ट बनिरहेका छन् । बालेनलाई महानगरका कर्मचारीहरूको पनि समर्थन छैन । प्रमुख प्रशासकीय अधिकृतलाई बिनाआधार भ्रष्टाचारी करार गर्न खोजेकोमा उनीहरू बालेनसँग असन्तुष्ट छन् । गुरागाईंलाई कार्यालयमा पुन:स्थापित गराउन कर्मचारीले जनप्रतिनिधिलाई बलियो साथ दिएका थिए ।

यसरी कर्मचारी र जनप्रतिनिधिको विश्वास गुमाइरहेका बालेनले कार्यपालिका बैठक बोलाउनै सकिरहेका छैनन् । महानगर कार्यपालिका बैठक महिनामा एकपटक बस्नुपर्ने कानूनी प्रावधान भए पनि ५ महिनादेखि बस्न नसकेको स्थिति छ । निकटस्थ स्रोतका अनुसार प्रशासकीय अधिकृतमा गुरागाईं रहेसम्म कार्यपालिका बैठक नै नराख्ने बालेनको रणनीति छ । तर, चाँडै नै महानगरको नीति तथा कार्यक्रम र बजेट बनाउनुपर्ने भएकाले उनी दबाबमा छन् ।

कार्यपालिकाभित्र अल्पमतमा परेकाले पनि बालेन बैठक बोलाउन हिच्किचाइरहेका हुन् । उनी कार्यपालिका बैठकबाट आफूले चाहेको निर्णय गराउन सक्ने अवस्थामा छैनन् ।

Related posts:

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

डोनाल्ड ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

Leave a Reply