२८ पुष | धनुषाको लक्ष्मिनिया गाउँपालिकामा दलान नेपालको नेतृत्वमा, यूएसएआईडी सिभिल सोसाइटी मिडियाको आर्थिक सहयोग र द एशिया फाउन्डेसनको प्राविधिक सहयोग तथा लक्ष्मिनिया गाउँपालिकाको समन्वयमा “एकल महिलाका सामाजिक अधिकारका लागि समावेशी शासन” परियोजना सञ्चालनमा आएको छ ।
यो परियोजनाको मुख्य उद्देश्य एकल महिलाहरूलाई सामाजिक अधिकारको बारेमा सचेत बनाउनु, उनीहरूलाई क्षमता अभिवृद्धि गर्दै निर्णय प्रक्रियामा समावेश गराउनुका साथै समुदायमा सकारात्मक परिवर्तन ल्याउनु हो । परियोजनाको अवधारणा अनुसार, प्रत्येक वडामा पाँचजना टोली नेतृहरू चयन गरिएकोछ, जसले अन्य एकल महिलाहरूलाई सहयोग गर्ने बताइएको छ । प्रारम्भिक चरणमा एकल महिलाहरूलाई आधारभूत तहमा क्षमता विकास तालिम प्रदान गरिनेछ । पछि बृहत रुपमा क्षमता विकास तालिम दिदै उनीहरुलाई नेतृत्वको बिकास गर्ने लक्ष्य रहेको बताईएको छ । यस परियोजनाका मुख्य उद्देश्यहरू क्रमश, एकल महिलाहरूलाई उनीहरूको सामाजिक अधिकारका बारेमा जानकारी दिनु, वडास्तर र गाउँपालिका स्तरमा एकल महिलाहरूको निर्णय प्रक्रियामा समावेश गराउनु, एकल महिलाहरूका लागि वडास्तर र गाउँपालिकाले अलग्गै बजेट छुट्याउने पहल गर्नु, तथा महिलाहरूलाई सशक्त बनाएर समाजमा सकारात्मक परिवर्तन ल्याउनु रहेको परियोजना संयोजक दिलिप कुमार ईश्वरले बताएका छन ।
परियोजना अन्तर्गत एकल महिलाहरूलाई प्रशिक्षण, समूह निर्माण, र नेतृत्व विकासका अवसरहरू प्रदान गरिन्छ । यसले उनीहरूलाई आफ्ना अधिकार र जिम्मेवारीका बारेमा सशक्त बनाउँदै, समाजमा आफ्नो स्थान सुरक्षित गर्न मद्दत गर्ने बिश्वास लिईएको छ । दलान नेपालका अनुसार, महिलाहरू सशक्त भएमा परिवार, समुदाय, र समग्र समाजमा सकारात्मक प्रभाव पर्न सक्छ । यो परियोजनाले एकल महिलाहरूलाई मात्र नभई समुदायलाई समावेशी र समानताको दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास लिएको दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले बताउनु भयो । दलान नेपालका पदाधिकारीहरूले यो परियोजना सफल बनाउन सरकार, समुदाय, र सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताएका छन्। लक्ष्मिनिया गाउँपालिकामा एकल महिलाहरूका अधिकारका लागि छुट्टै बजेट व्यवस्थापन गर्न पहल गरिने तथा यो परियोजना धनुषा जिल्लाका अन्य क्षेत्रका लागि पनि नमूना बन्ने अपेक्षा गरिएको दलान नेपालका कार्यकारी निर्देशक ठाकुरले बताए । यस परियोजनाले समाजका हरेक वर्गलाई समेट्दै, पलिकाका सम्पूर्ण ७ वटै वडाका १४९ जना जेष्ठ एकल महिला र ३८३ जना एकल महिला गरी जम्मा ५३९ जना एकल महिलाहरूको सशक्तिकरण मार्फत समाजलाई समृद्ध र समान बनाउने दलान नेपालको प्रयास सराहनीय रहेको स्थानीयहरुले  बताएका छन ।

Related posts:

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply