२९ पुस, काठमाडौं । आगामी माघका लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । २० मध्ये १८ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदर यथावत राखेका छन् ।
लक्ष्मी सनराइज बैंकले पुसको तुलनामा माघमा व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर बढाएको छ । पुसमा ५.५ प्रतिशत रहेको अधिकतम ब्याजदर माघमा ५.७५ प्रतिशत पुगेको हो ।
यस्तै नेपाल एसबीआई र कृषि विकास बैंकले भने ब्याजदर घटाएका छन् । नेपाल एसबीआईले पुसमा ६ प्रतिशत रहेको ब्याजदर माघका लागि अधिकतम ५.५ प्रतिशत कायम गरेको हो ।
यस्तै कृषि विकास बैंकले पुसमा ५.५७ प्रतिशत रहेको ब्याजदर माघका लागि ५.५१ प्रतिशत कायम गरेको हो । माघमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिने बैंकमा एनएमबी र एनआईसी एसिया छन् । दुवै बैंकले ६.६ प्रतिशत ब्याजदर दिने भएका हुन् ।
आर्थिक वर्ष तेस्रो त्रैमासदेखि ब्याजदर केही परिवर्तन हुने अपेक्षा भए पनि बैंकहरू तत्काल ब्याजदर बढाउने पक्षमा नरहेको देखिन्छ । अहिले पनि बैंकिङ प्रणालीमा ३ खर्बभन्दा धेरै अधिक तरलता भएर राष्ट्र बैंकले प्रशोचन गर्नुपर्ने अवस्था छ ।
कर्जा मागमा ठूलो परिवर्तन भएको र दुई महिनापछि सरकारले पूँजीगत खर्च बढाउँदै जाँदा निक्षेपमा थप बढ्ने भएकाले चालु आव ब्याजदर बढी हाल्ने अवस्था नरहेको बैंकर बताउँछन् ।
पुस मसान्तमा आयकरको पहिलो किस्ता भुक्तानी गर्दा केही तरलता बाहिरिने तथा ब्याज तिर्नुपर्ने जस्ता कारण कर्जामा केही वृद्धि देखिए पनि नयाँ माग सिर्जना हुन नसकेको एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ बताउँछन् ।
‘भारतमा पाम तेल लगायतको निर्यात सुरु भएकाले त्यसमा केही कर्जा माग बढेको छ । त्यसबाहेक निर्माणको समय भएकाले हाइड्रोपावरमा केही कर्जामा माग देखिन्छ,’ उनले भने, ‘माघमा कर्जाको मागले कस्तो अवस्था देखाउँछ । त्यसले आगामी दिनमा ब्याजदर के हुन्छ भन्ने निर्धारण गर्छ । रेमिट्यान्समा कमी आउँदा पुसमा निक्षेप अपेक्षाकृत बढ्न भने सकेको छैन ।’
माघमा पनि कर्जाको मागमा ठूलो परिवर्तन नदेखिए ब्याजदर बढी हाल्ने अवस्था भने नरहेको उनले बताए ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply