१० पुस, काठमाडौं । क्यारेबियन देश हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु भएको छ ।
देशकै ठूलो सरकारी अस्पताल फेरि खोल्न लागिएको विषयमा आयोजित पत्रकार सम्मेलनमा गोली चलेको थियो । गोली लागेर दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ ।
उक्त अस्पताल हिंस्रक समूहले कब्जामा लिएको थियो । सो अस्पताल फेरि सरकारले खोल्न लागेको भनेर पोर्ट ओ प्रिन्सको डाउनटाउन क्षेत्रमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री उपस्थित हुने भनिएको थियो ।
पत्रकार सम्मेलन स्थानीय समय अनुसार बिहान ८ बजे हुने भनिएको थियो । तर ११ बजेसम्म पनि स्वास्थ्यमन्त्री नआएकाले पत्रकारहरु उनको प्रतिक्षामा थिए । त्यही वेला एक्कासी एक व्यक्तिले गोली चलाएका थिए ।
यो आक्रमणको जिम्मा विव अन्सनम समूहले लिएको छ ।
गोली चलेको भिडियो सामाजिक सन्जालमा भाइरल छ । भिडियोमा पर्खाल नाघेर भाग्न खोजेकाहरुलाई गोली लागेको देखिन्छ ।
यो आक्रमण स्टेट युनिभर्सिटी अफ हाइटी अस्पतालमा भएको हो । यो अस्पताललाई स्थानीय रुपमा जनरल हस्पिटल भनेर चिनिन्छ । यो हाइटीको सबैभन्दा ठूलो सार्वजनिक अस्पताल हो । हिंस्रक गिरोहको दबदबा बढेपछि गत मार्च महिनादेखि यो अस्पताल बन्द छ । त्यति वेला प्रधानमन्त्री एरियल हेनरी सत्ताच्युत हुनुपरेको थियो ।
हाइटी द्वन्द्वको चपेटामा छ । एक महिना अगाडि पनि राजधानी पोर्ट ओ प्रिन्समा हिंसा भड्किँदा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपरेको थियो ।
त्यसको केही समयपछि नै एलिक्स डिडिएर फिल्स एमेले नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए ।

Related posts:

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply