बिद्यालय नखोले कारबाही गर्ने पालिकाको चेतावनी, बन्द यथाबत राख्ने संगठनको अडान कायमै

८ मंसीर, जनकपुरधाम । भोलि आईतबार देखि जनकपुरका निजी बिद्यालय नखोले कारबाही गर्ने जनकपुरधाम उपमहानगरपालिकाले चेतावनी दिएको छ ।
किन आन्दोलित छन निजी बिद्यालयका संघ संघठन?
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ को प्रावधान अनुसार संस्थागत बिद्यालयले १० प्रतिशत बिद्यार्थीहरुलाई निःशुल्क छात्रवृतिमा अध्यापन गराउनुपर्ने ब्यबस्था रहेकोमा निजी बिद्यालयहरुले कक्षा ११ र १२ मा छात्रवृति पाएका बिद्यार्थीहरुसँग पालिकाले तोकेको शिर्षक भन्दा बाहिरको शुल्कहरु लिएको जानकारीमा आएपछि पालिकाले त्यस्ता शुल्क नलिन आग्रह गरेको थियो । साथै छात्रवृति पाएका बिद्यार्थीहरुबाट उठाईएका त्यस्ता अनाबश्यक शुल्कहरु फिर्ता गर्न समेत भनेको थियो । तर निजी बिद्यालयका संघ संघठनले पालिकाले तोके बाहिरका अन्य शिर्षकहरुमा शुल्क लिईरहेको र लिन पाउनुपर्ने भन्दै अडान राख्दै आएका छन । निजी बिद्यालयहरुले आगामी बर्षदेखि मात्रै पालिकाको पछिल्लो निर्णयलाई मान्न सकिने र यस बर्ष बिद्यार्थीहरुबाट उठाईएको शुल्क कुनै पनि हालतमा फिर्ता गर्न नसकिने बताउँदै आएका छन । यस बिषयमा पालिकाले निर्णय नसच्याउँदा निजी बिद्यालयका संघ संघठनहरु आन्दोलित भई यही मंसीर ३ गते सोमबारदेखि जनकपुरधाम उपमहानगरपालिका भित्रका सम्पुर्ण संस्थागत बिद्यालय बन्द गरी पठ्न पाठ्न रोकेका छन । बिद्यालय बन्द गर्न पुर्व नै मंसीर २ गते नै पालिकाले बिद्यालय संगठनहरुलाई वार्ताका लागि आह्वान गरेको थियो ।
यसै क्रममा बिहीबारदेखि निजी बिद्यालयका संघ संघठनसँग पालिकाको पटक पटक वार्ता भएको छ तर सो वार्ता कुनै ठोस निश्कर्षमा पुग्न सकेको छैन । तथापि पालिकाले आज एक बिज्ञप्ति जारी गर्दै पटक पटकको वार्त निश्कर्ष बिहिन भएता पनि बिद्यार्थीको शिक्षा प्राप्त गर्न पाउनु संवैधानिक अधिकार रहेकोले भोलि आईतबार देखि बन्द रहेका सम्पुर्ण बिद्यालय सुचारु गर्न आग्रह गरेको छ । साथै, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ र ऐनको नियमावली २०७७ बमोजिम निःशुल्क छात्रवृतिको ब्यबस्था कार्यान्वयन नगरे वा बिद्यालय बन्द राखेमा कानुन बमोजिम कारबाही गर्न बाध्य हुने ब्योहोरा जारी बिज्ञप्तिमा उल्लेख छ ।
यता, यसै बिज्ञप्तिको प्रतिउत्तरमा हिसान, प्याबसन, एन प्याबसन, एम प्याबसन र नेपाल प्याबसनले संयुक्त बिज्ञप्ति जारी गरी पालिकाको बिद्यालय नखोले कारबाही गर्ने भनी बिज्ञप्तिमा आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ । साथै, हाम्रो आन्दोलन जारी रहने र बिद्यालय बन्द यथाबत रहने सो बिज्ञप्तिमा उल्लेख छ ।
यता कक्षा ११ र १२ मा छात्रवृति पाएका बिद्यार्थीहरु त्यस यता दिनहुँ जनकपुरधाममा आफुहरुबाट लिईएको अनाबश्यक शुल्कहरु फिर्ता हुुनुपर्ने माग राख्दै सडक आन्दोलन गर्दै आईरहेका छन ।
हेर्नुहोस बिज्ञप्तिहरु –

Related posts:

थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी

कोशी,कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गर्‍याे

विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकालाई

ठाउँठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

बालबालिका अझै श्रममा

अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु

तीनकुने घटना : थुनछेक बहस आज पनि जारी

आमाका नामबाट मात्र पनि नागरिकता दिइने

बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै

दुर्गा प्रसाईंलाई थुनाबाहिरै राख्न इजलासमा भीमार्जुनसहित ६ वकिलको माग

पोखरामा युवकको शव फेला, घटना रहस्यमय

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

पोखरीमा डुबेर २ जना बालकको ज्यान गयो

डेंगु संक्रमण फैलिँदै, अबका चार महिना अति जोखिमपूर्ण

माओवादी पदाधिकारी बैठक प्रचण्ड निवासमा

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ

राजावादीहरुको आन्दोलन रोकिए नेताहरुको अंगरक्षक पुनः खटाइनेछ

महानगरमा शक्तिहीन बने बालेनः न कार्यपालिका साथमा, न नगर प्रहरी हातमा

सदनको अवरोध हटाउन सभामुख छलफलमा

पुल बेचेको आरोपमा रोशी गाउँपालिका-७ का वडाअध्यक्ष पक्राउ

यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ

नक्सालमा राजावादी र प्रहरीबिच धकेलाधकेल

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

आज विश्व धूमपानरहित दिवस क्यान्सरको जोखिमबाट जोगिन सल्लाह

संसद्‌को अवरोध विषयमा सभामुखले बोलाए सचेतकहरूको बैठक

खुँडा र ढालसहित एमालेको प्रदर्शन

भारतमा कोरोनाबाट १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि

तीनवटा मोबाइल चलाउँथे भट्टराई , एउटा मोबाइल सेटिङमा मात्रै प्रयोग

सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको धर्ना

दुई करोड रुपैयाँको तरबुजा बिक्री

रामेछापमा एम्बुलेन्स दुर्घटना : तीनजना घाइते, दुई गम्भीर

गाजामा भोकमरीले ज्यान गुमाउँदै हजारौं शिशुहरू

नवनियुक्त गभर्नर पौडेलद्वारा शपथ एवम पदभार ग्रहण

प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने लिङ्देनको भनाइ

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

बाबुले गरे छोरी र भतिजको हत्या

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

एकैदिन ३५ सय घट्यो सुन

मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ

उमेरहदमा अड्कियो निजामती विधेयक

उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा

कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू

निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल

गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्‍ले थाले अध्ययन

रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान

Leave a Reply

Your email address will not be published. Required fields are marked *