८ मंसीर, जनकपुरधाम । भोलि आईतबार देखि जनकपुरका निजी बिद्यालय नखोले कारबाही गर्ने जनकपुरधाम उपमहानगरपालिकाले चेतावनी दिएको छ ।
किन आन्दोलित छन निजी बिद्यालयका संघ संघठन?
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ को प्रावधान अनुसार संस्थागत बिद्यालयले १० प्रतिशत बिद्यार्थीहरुलाई निःशुल्क छात्रवृतिमा अध्यापन गराउनुपर्ने ब्यबस्था रहेकोमा निजी बिद्यालयहरुले कक्षा ११ र १२ मा छात्रवृति पाएका बिद्यार्थीहरुसँग पालिकाले तोकेको शिर्षक भन्दा बाहिरको शुल्कहरु लिएको जानकारीमा आएपछि पालिकाले त्यस्ता शुल्क नलिन आग्रह गरेको थियो । साथै छात्रवृति पाएका बिद्यार्थीहरुबाट उठाईएका त्यस्ता अनाबश्यक शुल्कहरु फिर्ता गर्न समेत भनेको थियो । तर निजी बिद्यालयका संघ संघठनले पालिकाले तोके बाहिरका अन्य शिर्षकहरुमा शुल्क लिईरहेको र लिन पाउनुपर्ने भन्दै अडान राख्दै आएका छन । निजी बिद्यालयहरुले आगामी बर्षदेखि मात्रै पालिकाको पछिल्लो निर्णयलाई मान्न सकिने र यस बर्ष बिद्यार्थीहरुबाट उठाईएको शुल्क कुनै पनि हालतमा फिर्ता गर्न नसकिने बताउँदै आएका छन । यस बिषयमा पालिकाले निर्णय नसच्याउँदा निजी बिद्यालयका संघ संघठनहरु आन्दोलित भई यही मंसीर ३ गते सोमबारदेखि जनकपुरधाम उपमहानगरपालिका भित्रका सम्पुर्ण संस्थागत बिद्यालय बन्द गरी पठ्न पाठ्न रोकेका छन । बिद्यालय बन्द गर्न पुर्व नै मंसीर २ गते नै पालिकाले बिद्यालय संगठनहरुलाई वार्ताका लागि आह्वान गरेको थियो ।
यसै क्रममा बिहीबारदेखि निजी बिद्यालयका संघ संघठनसँग पालिकाको पटक पटक वार्ता भएको छ तर सो वार्ता कुनै ठोस निश्कर्षमा पुग्न सकेको छैन । तथापि पालिकाले आज एक बिज्ञप्ति जारी गर्दै पटक पटकको वार्त निश्कर्ष बिहिन भएता पनि बिद्यार्थीको शिक्षा प्राप्त गर्न पाउनु संवैधानिक अधिकार रहेकोले भोलि आईतबार देखि बन्द रहेका सम्पुर्ण बिद्यालय सुचारु गर्न आग्रह गरेको छ । साथै, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ र ऐनको नियमावली २०७७ बमोजिम निःशुल्क छात्रवृतिको ब्यबस्था कार्यान्वयन नगरे वा बिद्यालय बन्द राखेमा कानुन बमोजिम कारबाही गर्न बाध्य हुने ब्योहोरा जारी बिज्ञप्तिमा उल्लेख छ ।
यता, यसै बिज्ञप्तिको प्रतिउत्तरमा हिसान, प्याबसन, एन प्याबसन, एम प्याबसन र नेपाल प्याबसनले संयुक्त बिज्ञप्ति जारी गरी पालिकाको बिद्यालय नखोले कारबाही गर्ने भनी बिज्ञप्तिमा आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ । साथै, हाम्रो आन्दोलन जारी रहने र बिद्यालय बन्द यथाबत रहने सो बिज्ञप्तिमा उल्लेख छ ।
यता कक्षा ११ र १२ मा छात्रवृति पाएका बिद्यार्थीहरु त्यस यता दिनहुँ जनकपुरधाममा आफुहरुबाट लिईएको अनाबश्यक शुल्कहरु फिर्ता हुुनुपर्ने माग राख्दै सडक आन्दोलन गर्दै आईरहेका छन ।
हेर्नुहोस बिज्ञप्तिहरु –

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply