भोली सोमबारदेखि सम्पुर्ण संस्थागत बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिने

२ मंसीर, जनकपुरधाम । मंसीर ३ अर्थात भोली सोमबारदेखि जनकपुरधाम उपमहानगरपालिका भित्रका सम्पुर्ण संस्थागत बिद्यालयहरु बन्द गरिने भएको छ ।
बिगत केही महिनादेखि छात्रवृतिमा देखिएको समस्याका सम्बन्धमा कातिक २९ पत्र मार्फत मेयर मनोज साहलाई ध्यानाकर्षण गराउँदा समेत पालिकाका मेयर साहले कुनै चासो नलिएपछि संस्थागत बिद्यालयका छाता संगठनहरु हिसान, प्याबसन र एन प्याबसनले भोली सोमबारदेखि अनिश्चितकालका लागि पालिका भित्रका सम्पुर्ण निजी बिद्यालयको पठन पाठन बन्द गर्ने निर्णय गरेको छ ।
उक्त संगठनहरुले मंसीर १ गते नै संयुक्त बिज्ञप्ति जारी गरी कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई दिईदै आएको छात्रवृति २०८१ भदौ १३ गतेको निर्णयानुसार नै कायम गरिनुपर्ने अन्यथा बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको हो ।
यता पालिकाले भदौ १३ गते गरेको निर्णयलाई उल्ट्याउँदै कातिक १४ गतेमा पुन अर्को निर्णय गरेकोमा संगठनले आपत्ति जनाउँदै आएको छ । निजी सँगठनहरुले भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्क बाहेक अन्य बिभिन्न शुल्कहरु आफुहरुले लिन पाउनुपर्ने माग गर्दै आएको छ । तर कातिक १४ को निर्णयानुसार पालिकाले छात्रवृति पाएका बिद्यार्थीहरुलाई कुनै पनि शुल्क नलिन पत्राचार गरेको थियो । यस सम्बन्धमा संगठनहरुले पाललिकालाई पत्र मार्फत भरतपुर, बिराटनगर, बिरगंज, बुटबल र टोखा स्थानिय निकायहरुको छात्रवृति सम्बन्धमा गरिएको निर्णय बुझी सोही अनुसार आफुहरुको पनि निर्णय सच्याउन जनकपुरधाम उपमहानगरपालिकासँग आग्रह गरेका थिए । तर पालिकाले उनीहरुको आग्रहलाई बेवास्ता गरेको र यस सम्बन्धमा कुनै प्रतिक्रिया नदिएको भन्दै निजी सँगठनहरु आन्दोलित हुँदै मंसीर ३ गतेदेखि सम्पुर्ण निजी बिद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो । साथै संगठनलहरुले सो बिज्ञप्ति मार्फत यसबाट बिद्यार्थी तथा अभिभावकमा पर्न जाने असुबिधाका लागि क्षमा समेत मागेको छ ।
हेनुहोस बिज्ञप्ति

Related posts:

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

डोनाल्ड ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

१ किलो सुनसहित भारतीय नागरिक पक्राउ

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

मेयरको निर्देशनमा उपप्रमुखलाई कार्यालय पस्न अवरोध

थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी

कोशी,कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गर्‍याे

विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकालाई

ठाउँठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

बालबालिका अझै श्रममा

अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु

तीनकुने घटना : थुनछेक बहस आज पनि जारी

आमाका नामबाट मात्र पनि नागरिकता दिइने

बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै

दुर्गा प्रसाईंलाई थुनाबाहिरै राख्न इजलासमा भीमार्जुनसहित ६ वकिलको माग

पोखरामा युवकको शव फेला, घटना रहस्यमय

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

पोखरीमा डुबेर २ जना बालकको ज्यान गयो

डेंगु संक्रमण फैलिँदै, अबका चार महिना अति जोखिमपूर्ण

माओवादी पदाधिकारी बैठक प्रचण्ड निवासमा

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *