१८ बैशाख, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्र भित्र संस्थागत विद्यालय संरक्षण समितिले आइतबारदेखि जनकपुरधामका निजी विद्यालयहरुको अनुगमन थालेको हो ।

पालिका भित्र दर्ता नै नगरी निजी विद्यालयहरु सञ्चालन भइरहेको र अनुमति भन्दा बढी कक्षा संचालन गर्दै आएको गुनासो बढेपछि समितिले अनुगमनलाई तिव्रता दिएको हो । यसै क्रममा सोमबार पनि थप दुई वटा विद्यालय विना दर्ता संचालनमा रहेको पाईएको छ ।

अनुगमनका क्रममा जनकपुरधाम ४ कटैयाचौरीमा संचालनमा रहेको संस्कार इङ्गलिस एकेडमी धनुषा र वडा नम्बर–१ वकिल टोलमा सञ्चालित स्मार्ट एजुकेशन एकेडमी स्थानीय तहको अनुमती विना नै सञ्चालनमा रहेको पाइएको हो ।

धनुषाको मुखियापट्टी मुसहरनियाँ वडा नं. ३ मा प्रिन्स एकेडमी धनुषा नामले प्राथमिक तह सम्म संचालनका लागि अनुमती पाएको बिद्यालयले नाम परिवर्तन गरेर संस्कार इङ्गलिस एकेडमी धनुषा नामले जनकपुरमा संचालन गरेको पाईएको छ ।

कक्षा ६ सम्म प्रिन्स एकेडमीकै नाउँमा अनुमती पाएका संस्कार ईङगलिस एकेडमी धनुषाले कक्षा ७ सम्म अध्यापन गराईरहेको भेटिएको हो ।

यस्तै, जनकपुरधाम १२ कुवा बजारमा दर्ता नै नगरी नर्सरी देखि कक्षा १० सम्मको अध्यापन गराईने भन्दै वोर्ड नै झुण्डयाएर अभिभावकहरुलाई झुक्याउँदै आईरहेको छ । विद्यालय दर्ताको एउटा पनि कागजात नभएको ज्ञान गंगा इंटरनेशनल पब्लिक स्कुल कक्षा ६ सम्म संचालन भएको पाइएको हो । कम्पनी रजिस्टार कार्यालयमा ज्ञान गंगा आइ.पि.एस. एण्ड ट्रेनिङ्ग सेन्टरको नाउँमा दर्ता गराई विद्यालय संचालन गरिरहेको भेटिएको छ ।

अनुगमनका क्रममा रहेका समितिका संयोजक तिवारीले यस्ता अभिभावक ठग्ने र बिद्यार्थीको भविष्यसँग खेलबाड गर्ने संस्थासँग अभिभावक पनि स्वयं सचेत हुनुपर्ने बताए । बिद्यार्थी भर्ना गराउँदा अभिभावकले पनि सोधखोज गरी उक्त बिद्यालय दर्ता रहे नरहेको यकिन गरी मात्रै बिद्यार्थीको नामांकन गराउनु सुझाव दिए ।

अनुगमनकै क्रममा जनकपुरधाम उमहानगरपालिकाका शिक्षा समितिका सदस्य रबिन्द्र चौधरीले बजार भित्र केहि विद्यालय फर्जी रहेकाले आफुहरुले तिव्र अनुगमन गरिरहेको बताए । उनले अनुगमनका क्रममा भेटिएको अबैध बिद्यालय ज्ञान गंगा ईन्टरनेसनल पब्लिक स्कुलको कुनै पनि कागजात नपाइएकाले तत्काल बन्द गर्न निर्देशन दिएको बताए । यता सो स्कुलका संचालक पवन कुमार साहले भने – आफुले पटक पटक दर्ताको लागि निवेदन दिदा समेत पालिकाका शिक्षा शाखा प्रमुख अन्जु पाण्डेले अनुमती नदिएपछि बाध्य भएर आफुले कम्पनी रजिस्टारको कार्यालयमा दर्ता गराई पढाई संचालन गराईरहेको छु ।

त्यस्तै, यस अघि आईतबार गरिएको अनुगमनका क्रममा वडा नम्बर–७ जानकी नगरमा नाइटिङगेल स्कुल पनि दर्ताबिना नै कक्षा ८ सम्मका विद्यार्थीलाई अध्यापन गराइरहेको सो समितिको दाबी छ । अनुगमन समिति सो विद्यालयमा पुग्दा बाहिर नाइटिङगेल एजुकेशन एकेडमीको नामले सञ्चालन गरिएपनि भित्र भगवती आदर्श विद्या मन्दिरको नाममा कक्षा सञ्चालन गरिरहेको शिक्षा समितिका सदस्य चौधरीले बताए । सो विद्यालय भगवती आदर्श विद्या मन्दिरको नाममा कक्षा ६ सम्म मात्र अनुमती पाएपनि कक्षा ८ सम्म संचालन गर्दै आईरहेको भेटिएको हो ।

यसरी बिना कुनै अनुमति बिद्यालयको नाम र ठाउँ परिवर्तन गर्न नपाईने ब्यबस्था छ । यस्ता नियम र मापदण्ड विपरित संचालनमा रहेका र नाम र ठाउँ फेर्ने विद्यालयहरुलाई बन्द गराउन सिफरिस गरिने तथा समितिले समेत सांगठनिक कारबाही अगाडी बढाउने समितिका संयोजक अवधेश तिवारीले बताए ।
अनुगमनका क्रममा बिना दर्ता संचालनमा रहेको विद्यालय, अनुमति पाएको भन्दा बढी कक्षा सम्म संचालन गरेको बिद्यालय, विना टिसी विद्यार्थी भर्ना गरेका तथा सामुदायिक विद्यालयमा नाम दर्ता भएका विद्यार्थीलाई पढाईरहेको संस्थागत विद्यालयहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउने संयोजक तिवारीले जानकारी दिए ।

अवधेश तिवारीको नेतृत्वमा रहेको सो अनुगमन टोलीमा समितिका सह–संयोजकद्वय रविन्द्र चौधरी, सुजित कुमार मिश्र, प्याब्सनका पुर्व धनुषाका अध्यक्ष विश्वलाल सिँह, आशिष झा, डिएन पाण्डे ,डिके चौधरी, दिपक ठाकुर, अमन यादव, शिव कुमार राउत लगायतका संस्थागत विद्यालयका संचालकहरुको सहभागिता रहेको थियो । ………………………………………..

Related posts:

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

डोनाल्ड ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

Leave a Reply