१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका हरेक सकारात्मक काममा प्रहार भइरहेको बताएका छन् । बहिर्गमित लडाकूलाई २ लाख रुपैयाँ दिने निर्णयमा पनि स्यालहुइयाँ मच्चाउन खोजिएको भन्दै यसलाई छुट दिन नसकिने बताए ।

माओवादीसम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघको महाधिवेशनको उद्घाटन गर्दै प्रचण्डले परिवर्तनका उपलब्धिहरुलाई नकारात्मक रुपमा प्रचार गर्ने काम भइरहेको टिप्पणी गरे ।

शहीदहरुलाई शहीदका रुपमा सम्मान गरिनुपर्छ भन्दा प्रहार भएको र अयोग्य लडाकूहरुलाई २ लाख रुपैयाँ दिने निर्णयमा पनि स्यालहुइयाँ मच्चाउन खोजिएको उनले बताए । उनले भने, ‘मैले आफ्नै आविष्कारबाट निर्णय गरेको होइन, अर्कै सरकारले निर्णय गरेको एउटा परिस्थितिमा सर्वोच्च अदालतले बहिर्गमित लडाकूलाई २ लाख रुपैयाँ दिनू भनेपछि त्यही फैसला कार्यान्वयन गर्न खोज्दा स्यालहुइयाँ मच्चाउन खोजिएको छ ।’

नकारात्मक वातावरण बनाएर सम्पूर्ण त्यागलाई अपमानित गर्ने र उल्ट्याउने षड्यन्त्र अझ अगाडि जानसक्ने उनले बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी नजाग्दा, हामी नगर्जिंदा स्यालहरु कराउन थालेका छन्, स्यालहरुले रजाइँ गर्ने जस्तो गर्न थालेका छन् । त्यसलाई छुट दिन सकिंदैन ।’

आफ्नो कतै कमजोरी भएर आत्मसमीक्षा गरेर करेक्सन गर्नुपर्ने भए पनि जनयुद्ध र जनआन्दोलनमार्फत प्राप्त राजनीतिक उपलब्धिमाथि नै हुने प्रहार स्वीकार्य नहुने प्रचण्डले बताए । उनले अगाडि भने, ‘मैले जनयुद्ध भनिरहेको छैन, भूमिगत जाने कुरा गरिरहेको छैन । हामी सडकबाट गर्जियौं भने मात्र पनि स्यालहरु लखेटिन सक्छन् ।’

अब छिट्टै पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भन्दै उनले परिवर्तन उल्ट्याउन खोज्ने प्रवृत्ति स्वीकार्य नहुने बताए । ‘जरुरी पर्छ भने फेरि एकचोटि त्याग र संघर्षको कीर्तिमान बनाउन तत्पर छौं, तर यो स्यालहुइयाँ सहन तत्पर छैनौं भन्ने घोषणा गर्नुपर्नेछ’, उनले भने ।

प्रधानमन्त्री भएपछि आफूले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेको प्रधानमन्त्री प्रचण्डले बताए । श्रमिकहरुको हक अधिकारका लागि काम गरेको र सामाजिक सुरक्षा कोषबारे ऐतिहासिक निर्णय गरेको उनले दाबी गरे ।

गाउँगाउँमा पुस्तक पुर्‍याएको भए पनि कसैले यसबारे नबोलेको, बरु सबभन्दा भ्रष्टहरुले नै भ्रष्टाचार विरुद्ध बोलेको देख्दा अचम्म लाग्ने गरेको उनले बताए । सरकारले भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि ‘सामन्तका छाउरा’हरु बाहिर आएको भन्दै उनले अगाडि भने, ‘अझ पूर्वबाट रे । मैले फागुन १ गते जनयुद्ध दिवसका दिन बिदा दिएर त्यसको जवाफ दिएँ ।’

उनले चुनावी घोषणाअनुसार भ्रष्टाचारको छानबिनका लागि आयोग बनाउने समेत बताए । ‘हामीले निर्वाचन घोषणापत्रमा एउटा आयोग बनाएर २०४८ यताका सबै भ्रष्टहरुको छानबिन गर्ने भनेका छौं । छिट्टै त्यो आयोग बनाउने मेरो पहल हुनेछ’, प्रधानमन्त्री प्रचण्डले भने ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply