२३ फाल्गुण, जनकपुरधाम । मिथिला अन्तर्गृह परिक्रमाको अवसरमा जनकपुरधाममा निःशुल्क पानी, खाजा तथा स्वास्थ्य शिविर संचालन
गरिएको छ ।
१५ दिने मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत जनकपुरधाममा १६ औ दिनमा फाल्गुण पुर्णिमाको दिन हुने अन्र्तगृह परिक्रमामा यस बर्ष पनि लाखौको सँख्यामा श्रद्धालुहरु सहभागी भएका छन ।
यसै अवसरमा श्रद्धालुहरुका लागि प्रत्येक बर्ष झै यस बर्ष पनि निःशुल्क पानी, खाजा तथा स्वास्थ्य शिविरहरु बिभिन्न संघ संस्था तथा दाताहरुले सँचालन गरेका छन ।

उक्त शिविरहरुमध्ये एक शिविरले मास्क र महिनावारीको समयमा प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बितरण गरेका छन ।
प्लान ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक परिवार कल्याण संघ द्धारा संचालित लिड एण्ड डिसाईड परियोजना अन्तर्गत सो शिविर संचालन गरिएको हो ।
परिक्रमावासी लाई लक्षित गरी जनकपुर ४ को बिद्यापति चौक स्थित संचालन गरिएको सो निःशुल्क शिवरबाट ७०० किशोरी तथा महिलालाई सेनेटरी प्याड र १५०० जनालाई निःशुल्क मास्क बितरण गरिएको छ ।
साथै सो शिविरबाट महिनावारी सम्बन्धी सामान्य जानकारी, रजस्वला र स्वच्छता र महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरुको बिषयमा जानकारी सहितको हाते पर्चा समेत बितरण गरिएको छ ।

यस्तै, म्याक्स लाईफ अस्पतालले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन भने ब्रम्हर्षी युवा मंच नेपालले निःशुल्क पानी, खाजा तथा स्वास्थ्य शिविर सँचालन गरेका छन ।