१३ माघ, वीरगञ्ज । पाँच न्यायाधीश र २३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले सेवा प्रवाहमा कटौती गरेको छ । माघ ६ गतेदेखि जारी सेवा संकुचन १४ गतेसम्म जारी रहने निमित्त रजिष्ट्रार भेषराज पौडेलले बताए ।

बन्दी प्रत्यक्षीकरणको निवेदन नियमित सुनुवाई गर्ने, अन्तरिम आदेशको छलफलसम्बन्धी काम गर्ने, एकल इजलासबाट हेर्ने निवेदनको प्रारम्भिक सुनुवाई गर्ने, मुद्धा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी काम गर्ने, म्याद थप, पक्राउ पुर्जी जारी, जरुरी पक्राउ पुर्जीको स्वीकृति, अभियोग पत्र दर्ता, बयान र थुनछेकसम्बन्धी मात्र काम गर्ने अदालतले जनाएको छ ।

पर्सा जिल्ला अदालतले पनि सेवा प्रवाहमा संकुचन ल्याएको छ । अदालतले माघ ११ गते जारी गरेको सूचनामा अदालतमा उपस्थित हुने सेवाग्राही, न्यायाधीश, अदालतका कर्मचारी, प्रमुख सरोकारवाला कानुन व्यवसायी, सरकारी वकिल लगायतको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सेवामा संकुचन ल्याउने निर्णयमा पुगिएको उल्लेख छ ।

अदालतले सरकार वादी भई चलेका थुनुवा, मानिसको भिडभाड कम हुने तवरले पेसी व्यवस्थापन गर्ने, एक दिनमा बढीमा २० थान र अन्तिम हदम्याद भएका फिरादपत्र दर्ता, जग्गा रोक्का राख्न अन्तरकालीन आदेश माग भएका निवेदन दर्ता र सुनुवाइ गर्ने जनाएको छ ।

त्यसैगरी दर्ताबाट विवाह, धर्मपुत्र धर्मपुत्री प्रमाणित, अधिकृतको वारेसनामा प्रमाणित, मुत्युको न्यायिक घोषणा, संरक्षक र माथवर नियुक्ति जस्ता विशेष प्रकृतिका निवेदन बढीमा ५ भन्दा बढी दर्ता नगर्ने जिल्ला अदालतले जनाएको छ ।

त्यस्तै अभियुक्तलाई हिरासतमा राख्न म्याद थप माग गर्दा दिउँसो ३ बजेभन्दा अघि नै गरिसक्नुपर्ने, लगायतको व्यवस्था पर्सा जिल्ला अदालतले गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले माघ २ गतेदेखि नै स्थानीय तहलाई बार तोकेर सेवा दिइरहेको छ ।

उसले आइतबार र सोमबार कालिकामाई, छिपहरमाई, ठोरी, धोबिनी, पकहामैनपुर र पटेर्वा सुगौली गाउँपालिका, मंगलबार र बुधबार विन्दबासिनी, जगरनाथपुर गाउँपालिका, पर्सागढी, पोखरिया, बहुदरमाइ नगरपालिका तथा बिहीबार र शुक्रबार सखुवाप्रसौनी, जिराभवानी गाउँपालिका र वीरगञ्ज महानगरपालिकाका सेवाग्राहीलाई सेवा दिने गरेको छ ।

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Leave a Reply