२४ माघ, काठमाडौं । चिनियाँ अवरोधका कारण एक लाख १३ हजार मेट्रिकटन रासायनिक मल आयात प्रक्रिया अबरुद्ध भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

पाँच महिना अघि नै ठेक्का प्रक्रिया सकिएको उक्त मल आज-भोलि नै नेपाल भित्रिसक्नुपर्नेमा चीनको कारण अन्योलमा फसेको कम्पनीले जनाएको छ ।

मल निर्यात रोक्ने चिनियाँ नीतिका कारण ५० हजार मेट्रिकटन युरिया र ६३ हजार ५३५ मेट्रिकटन डीएपी मल आयात अलपत्र परेको कम्पनीका निमित्त प्रवन्ध सञ्चालक राजेन्द्र कार्कीले बताए । ‘ठेकदारले मल आयात गर्न ठेक्का पाए, चिनियाँ कम्पनीले मल दिन्छु भन्ने निधो गर्‍यो तर अहिले सरकारी नीति भन्दै मल दिएनन्,’ कार्की भन्छन्, ‘सरकारी तहबाट गरिएको कूटनीतिक प्रयास पनि सफल भएको छैन ।’

नेपालले ठेक्का प्रक्रिया गर्दा चिनियाँ मल उत्पादकले विश्व बजारमा रासायिनक मल बिक्री गरिरहेको भए पनि पछि सरकारले निर्यातमा रोक लगाएको भन्दै मल दिन अस्वीकार गरेको कम्पनीले जनाएको छ ।

पाँच वटा फरक-फरक ठेकदार कम्पनीले एक लाख १३ हजार ५३५ मेट्रिकटन मल ल्याउनका लागि कम्पनीबाट ठेक्का पाएका थिए ।

मल खरिद प्रक्रिया नगिजोलिएको भए गहुँ र चैते धानको लागि मल अभावको अवस्था नबन्ने कम्पनीको दाबी छ ।

चिनियाँ कम्पनीबाट मल खरिद गर्न बेस ट्रेडिङ र जेन ट्रेडिङ नामक कम्पनीले २५-२५ हजार मेट्रिकटन डीएपी मलको ठेक्का पाएका थिए ।

यस्तै सिल्क जेभीले ५० हजार मेट्रिकटन युरिया, सिल्क ट्रान्सपोर्टले १० हजार मेट्रिकटन डिएपी र सिल्क मार्केट नामक कम्पनीले ५ हजार मेट्रिकटन डिएपीको ठेक्का लिएका थिए ।

यो आर्थिक वर्ष चीनबाट एक लाख १५ हजार ५३५ मेट्रिकटन मल आउनुपर्नेमा जम्माजम्मी दुई हजार मेट्रिकटन हाराहारी मात्रै मल भित्रिएको कृषि सामाग्री कम्पनीले जनाएको छ ।

मलको आयात सहज बनाउन प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराइएको पनि कम्पनीको निमित्त प्रवन्ध सञ्चालक कार्कीले बताए ।

कम्पनीसँग हाल फरक टेन्डरको २० मेट्रिकटन डीएपी र साढे ७ हजार मेट्रिकटन पोटास मल मात्रै आउने निश्चित भएको कम्पनीको दाबी छ ।

Related posts:

विद्यालयमा लागु पदार्थ विरुद्ध जनचेतनामूलक अभिमुखिकरण तालिम सम्पन्न

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

Leave a Reply