७ माघ, काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न समयमा तीन तहको १७ हजार २३३ शिक्षक पदका लागि खुलाएको आवेदनमा दुई लाख बढीको आवेदन परेको छ ।

आयोगले मंसिर २९ गते खुलाएको मावि तहको एक हजार ५४२ दरबन्दीका लागि साढे ३६ हजार आवेदन परेको आयोगले जानकारी दिएको छ । निमावि तहको पुस ७ गते खुलाएको दरबन्दीमा ८५ हजार आवेदन परेको छ । यही १३ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने छ ।

त्यस्तैगरी प्रावि तहमा आयोगले पुस १४ गते १३ हजार ९३ जनाका लागि खुलाएको विज्ञापनमा ९१ हजार आवेदन परेको आयोगले जानकारी दिएको छ । प्राविको लागि यही १३ गतेसम्म नियमित र १४ गतेदेखि २० गतेसम्म दोब्बर शुल्क तिरेर फारम भर्न सकिनेछ ।

आयोगले निमावि तहमा आवेदन दिने उम्मेद्वारको संख्या एक लाख र प्रावि तहको शिक्षक पदको लागि आवेदन दिने उम्मेद्वारको संख्या सवा एक लाख पुग्ने अनुमान गरेको जनाएको छ ।

आयोगका अध्यक्ष रेग्मीले भने, ‘अझै समय भएकोले निमावि तहमा एक लाख र प्रावि तहमा सवा एक लाख उम्मेद्वारले आवेदन दिने हाम्रो अनुमान हो ।’

शिक्षक सेवा आयोगले गेसपेपर, गाइड वा पाठ्यक्रमसँग मिल्दोजुल्दो पुस्तक लेख्ने तथा कोचिङ कक्षा पढाउने व्यक्तिलाई विज्ञको रुपमा नलिने निर्णय गरेको छ ।

शिक्षक सेवा आयोगले आगामी चैतमा हुने शिक्षक पदको परीक्षाका लागि प्रश्नपत्र बनाउँदा, उत्तरपुस्तिका जाँच्दा, अन्तर्वार्ता लिँदा त्यस्ता व्यक्तिलाई विज्ञको रुपमा नलिने निर्णय गरेको आयोगका अध्यक्ष मधु रेग्मीले बताए ।

आयोगले मावि तर्फको शिक्षक पदको चैत १५ गते, निमावि तहको चैत १७ गते र प्रावि तहको चैत १९ गते परीक्षा लिने मिति तोकेको छ ।

शिक्षक सेवा आयोगले माध्यामिक, निम्न माध्यामिक, प्राथमिक तहमा शिक्षक पदमा दरबन्दी खोलेसँगै शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन हुनुका साथै तयारी कक्षाको लागि आवश्यक सामग्री, परीक्षा सहयोगी पुस्तिका जस्ता सामग्री बजारमा पाइन थालेका छन् ।

अध्यक्ष रेग्मीले भने, ‘यस्ता कार्यमा सहभागी व्यक्तिलाई विज्ञको रुपमा बोलाउँदा फेयर प्ले नहुने जोखिम हुने भएकोले नबोलाउने नीति लिएका हौं ।’

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

Leave a Reply