अफगानिस्तानको कुन्दुज शहरस्थित एक मस्जिदमा भएको आत्मघाती हमलामा परेर ५० जनाको मृत्यु भएको छ । शुक्रबार भएको यो आक्रमण अमेरिकी सेनाले अफगानिस्तान छाडेपछिको सबैभन्दा ठूलो आत्मघाती हमला हो । शिया मुस्लिमहरुको सैद आबाद मस्जिदमा भएको आक्रमणलगत्तै दर्जनौ शव यत्रतत्र छरिएका थिए ।

सो आक्रमणमा परेर एकसय बढी घाइते भएका छन् । इस्लामिक स्टेटले यो आक्रमणको जिम्मेवारी लिएको छ । अफगानिस्तानमा शिया मुस्लिम समुदायमाथिको आक्रमणमा सुन्नी मुस्लिम चरमपन्थीहरुको हात रहेको आरोप लाग्दै आएको छ ।

अफगानिस्तानमा आइएस के ले लगातार तालिबान सरकारको विरोध गर्दै आइरहेको छ र देशका पूर्वी क्षेत्रमा दर्जनौ पटक विष्फोट गराइसकेको छ । शुक्रबार पनि मस्जिदमा नामाज पढिरहेका बेला एक आत्मघाती आक्रमणकारीले शरीरमा बाँधिएको विष्फोटक पदार्थ विष्फोट गराएका थिए ।

मस्जिदमा ३ सय बढी व्यक्ति नामाज पढिरहेका थिए । घटनामा मर्नेहरुको संख्या अझै बढ्न सक्ने स्थानीय सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।  संयुक्त राष्ट्रसंघले घटनाको भर्त्सना गर्दै शुक्रबार भएको विष्फोटको घटना ‘एक धार्मिक संस्थालाई लक्षित गरी यो हप्ता भएको तेश्रो घातक हमला’ भनेको छ । यसअघि आइतबार काबुलको एक मस्जिद र बुधबार पूर्वी शहर खोस्तको एक मदरसामा पनि आक्रमण भएको थियो ।

अफगानिस्तानबाट अमेरिकन सेना बाहिरिएलगत्तै तालिबान समूहले सत्ता कब्जा गरेको थियो । त्यसपछि इस्लामिक स्टेटले लगातार आत्मघाती आक्रमण गर्दै आएको छ । पछिल्ला दिन अमेरिकाले भने तालिवान सरकारसँग कुटनीतिक वार्ता गर्ने घोषणा गरेको छ ।

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply