४ असोज, काठमाडौं । दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो ।

राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था गर्ने भएका छन् । वाणिज्य बैंकहरुले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसेकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।

बैंकहरुले प्रधान कार्यालय वा अन्य तोकिएका कार्यालयहरुबाट नयाँ नोट सटहीको सुविधा दिनेछन् । राष्ट्र बैंकले भने आजदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने कार्यकारी निर्देशक नेपालले जानकारी दिए । यसका अलवा केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।

राष्ट्र बैंकले सर्वसाधरणका लागि ३० देखि ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारी गरेको छ । जसमध्ये १२ देखि १५ अर्ब रुपैयाँसम्म ५, १०, २०, ५० र १ सय रुपैयाँको नोटहरु वितरण गर्ने तयारी राष्ट्र बैंकको छ । ‘विगतका केही वर्षको ट्रेण्ड हेर्दा हरेक वर्ष ३० देखि ३५ अर्ब रुपैयाँ हामीले वितरण गर्ने गरेका छौं, यस वर्ष पनि हाम्रो तयारी यस्तै छ,’ उनले भने, ‘१२ देखि १५ अर्ब रुपैयाँ साना दरका नोट साटिन्छ त्यसबाहेक अन्य खर्च समेत असोज र कात्तिकमा धेरै हुने भएकाले ५ सय र १ हजार दरका नोटहरु पनि बजारमा ठूलै मात्रामा जानेछन् ।’

कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो ।

केही वर्ष पहिलेसम्म दशैंका लागि नयाँ नोट लिन राष्ट्र बैंकमा बिहानको राति देखि नै सर्वसाधारणहरु लाइन लाग्ने गरेका थिए । तर बैंकहरुमा पठाउने र क्षेत्रीय कार्यालयहरु समेतले वितरण गर्ने भएकाले विगतको जस्तो ठूलो भीडभाड नहुने राष्ट्र बैंकले बताएको छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply