१४ भदौ, काठमाडौं । कक्षा १२ को परीक्षा पटक–पटक स्थगित हुँदा विदेश पढ्न जाने तयारीमा रहेका विद्यार्थीहरु मारमा परेका छन् ।
गत जेठ २६ गते हुने तय भएको कक्षा १२ को परीक्षा कोरोना महामारी फेरि बढ्न थालेपछि सरकारले स्थगित गरेको थियो । त्यसपछि पुनः साउन ३१ गतेदेखि तय भएको परीक्षा पनि कोरोना महामारीकै जोखिमका कारण स्थगित भयो ।
दोस्रो पटक परीक्षा स्थगित भएको तीन हप्ता बितिसक्दा पनि राष्ट्रिय परीक्षा बोर्डले अर्को परीक्षा मिति तोक्न सकेको छैन ।