८ भदौ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पीएनजी) सँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)  खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गरेको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय टोलीसँगै पदाधिकारीसहित २२ जना सलानम एअरबाट ओमान प्रस्थान गरेका हुन् । अहिले कोभिडले गर्दा टोलीमा केही खेलाडी बढाएर लगिएको छ ।

नेपालमा रहँदा टोलीले आइतबार कीर्तिपुरस्थित टीयू मैदानमा म्याच सिनारियोसहित अन्तिम प्राक्टिस गरेको थियो ।

नेपाल, ओमान र अमेरिका सम्मिलित लिग-२ सिरिज सेप्टेम्बर १३ देखि २० (भदौ २८ देखि असोज ४ गते) सम्म ओमानको मस्कटमा सञ्चालन हुनेछ । आइसीसीले खेल तालिका भने सार्वजनिक गरिसकेको छैन । तर हरेक टिमले अर्को टिमसँग दुई-दुई खेल खेल्नेछन् ।

त्यसअघि नेपालले ओमनमै पीएनजीसँग दुई वटा ओडिआई खेल खेल्नेछ । विश्वकप लिग-२ को सिरिजअघि नेपाललाई पीएनजी विरुद्धको खेल प्राक्टिसको रुपमा रहनेछ ।

नेपाल र पीएनजीबीचको खेल सेप्टेम्बर ५ र ८ तारिखमा (भदौ २० र २३ गते) ओमानमै हुनेछ । पीएनजी भने टी-२० विश्वकपका लागि ओमान जानेछ । जहाँ टी-२० विश्वकपको पहिलो चरणको खेल पनि अक्टोबरमा हुनेछ । पीएनजीसँगको दोस्रो ल डे नाइटमा हुनेछ ।

नेपालका प्रशिक्षक डेभ वाटमोर र कप्तान ज्ञानेन्द्र मल्ले त्रिकोणात्क सिरिज अघि पीएनजीविरुद्ध खेल महत्वपूर्ण हुने बताएका छन् । त्यस खेलबाट नेपालले टिम सेट गर्ने र प्रयोग गर्ने अपेक्षा गरिएको छ ।

नेपालले सन् २०२० मा फेब्रुअरीमा नेपालमै लिग-२ को पहिलो सिरिज खेलेको थियो । त्यसको डेढ वर्ष भन्दा बढी समयपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ५० ओभरको खेल खेल्न लागेको हो ।

यसअघि मार्चमै ओमानमै सिरिज हुने भनिएपनि कोरोनाको कारण स्थगित भएको थियो । यस्तै जुलाईमा नेपाल, स्कटल्याण्ड र नामिबिया बीचको सिरिज स्पेनमा गराउने तयारी गरेपनि नामिबियाका खेलाडीमा कोरोना संक्रमण भएपछि भ्रमण गर्न सम्भव नभएकाले २०२२ जुलाईसम्मको लागि स्थगित भएको छ ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषावकर र विक्रम सोब ।

टिम पदाधिकारी

मुख्य प्रशिक्षक : डेभ वाटमोर

व्यस्थापक : मोहम्मद दाउद अन्सारी

टेक्निकल एनालिस्ट : रमन शिवाकोटी

फिजियो : विक्रम न्यौपाने

ट्रेनर : राकेश काशिभाई गोहित

source:onlinekhabar

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply