१० पुष, जनकपुरधाम । एन प्याबसन जनकपुरधामको आग्रहमा २५ डिसेम्बर अर्थात बुधबार बिभिन्न संस्थागत बिद्यालयहरुले तुलसी पूजन दिवस मनाएका छन ।
सो अवसरमा संस्थागत बिद्यालयहरुमा बिबिध कार्यक्रमको आयोजना गरी तुलसी पुजन कार्यक्रम गरिदै छ । मोर्डन नेपाल ई.बो. स्कुलका बिद्यार्थीहरुले पनि आज तुलसीलाई पूजापाठ गरी यो दिवस मनाएको हो ।
हरेक बर्ष क्रिसमस डे को दिन तुलसी पूजन दिवस समेत रहेको हुँदा प्रत्येक हिन्दुहरुले आफ्नो परम्परा जोगाईराख्न यस दिनलाई तुलसीको पूजा गरी मनाउन एन प्याबसनले आग्रह गरेको हो ।
यता यसै अवसरमा हिन्दु सम्राट सेनाले समेत बिभिन्न जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी मार्फत तुलसी पुजन दिवस मनाउन आग्रह गरेका छन ।
यस सन्दर्भमा एन प्याबसन जनकपुर नगर अध्यक्ष दिपक ठाकुरले तुलसी आयुर्वेद औषधि समेत रहेकाले र यो धार्मिक प्रत्येक अनुष्ठानमा प्रयोग हुँदै आईरहेकाले यसको संरक्षणका लागि प्रत्येकले तुलसी पुजन गर्न आवश्यक छ र यसका लागि बालबालिकामा पनि सकारात्मक संदेश प्रवाहका लागि प्रत्येक बिद्यालयललाई श्रद्धा पुर्वक यो दिवस मनाउन आग्रह गरिएको बताए ।
सन २०१४ बाट साधु सन्त र सनातनी हिन्दुधर्माबलम्बीहरुले यस दिन श्रद्धा पुर्वक तुलसी पुजन दिवस मनाउँदै आएका छन ।