काठमाडौं । हाल नेपालमा जारी रहेको मनसुनी वायुको प्रभाव जारी रहेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ। सोही कारण सोमबारसम्मै वर्षा हुने महाशाखाले जनाएको छ ।

मौसममा सुधार भने शनिबारदेखि नै हुँदै जाने बताएको महाशाखाले शनिबार बिहान ६ बजे बुलेटिन सार्वजनिक गर्दै सोमबारसम्मै वर्षा हुने पूर्वानुमान गरेको हो । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । सबै प्रदेशका केही केही स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार हाल बागमती प्रदेशमा उपत्यकासहित सिन्धुपाल्चोक आसपासका क्षेत्रमा वर्षा भइरहेको छ । त्यस्तै प्रदेश १ को झापाका केही स्थानमा हल्का वर्षा भइरहेको छ । त्यस्तै प्रदेश २ का धनुषा, सिराहा लगायतमा वर्षा भइरहेको छ । गण्डकी प्रदेशका लमजुङ बागलुङ र गोर्खामा हल्का वर्षा भइरहेको छ । त्यस्तै बझाङ बाजुरा, हुम्ला, बैतडीमा वर्षा भइरहेको छ ।

मौसमविद् अर्यालले १२–१२ घण्टाको स्थिति हेर्दा मौसममा क्रमिक सुधार हुँदै जाने देखिएको बताए । पछिल्लो १२ घण्टामा वर्षाको अनुपात कम हुँदै गएको छ । उनले यो वर्ष तुलनात्मक रुपमा बढी नै वर्षा भएको बताएका छन् ।

तत्काल वर्षा रोकिने अवस्था नरहेको पनि उनले बताए । मनसुन आगामी सेप्टेम्बर २३ सम्म रहने भएकाले अझै धेरै पानी पर्न सक्ने पनि उनले बताए ।

काठमाडौं उपत्यकामा पछिल्लो १२ घण्टामा १३.२ मिलिमिटर वर्षा भएको छ । शनिबार घाम लाग्ने सम्भावना कम रहेको छ । उनले दिउँसो १२–१ बजेतिर घाम लाग्न सक्ने बताए ।

अन्य क्षेत्रमा दिउँसो सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी–धेरै भारी र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबारको पूर्वानुमान
दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारीरधेरै भारी सम्भावना रहेको छ।

राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, कर्णाली  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

सोमबारको पूर्वानुमान
दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका  प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी–धेरै भारी सम्भावना रहेको छ।

राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

Related posts:

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply