१२ भदौ, जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध मन्दिर जानकी मन्दिरको प्राङ्गण भित्र लगाईएको बिभिन्न किसिमका प्रचारात्मक बोर्डहरु हटाईएको छ ।
बिश्व सम्पदा सुचीको पर्खाइको क्रममा रहेका प्रसिद्ध जानकी मन्दिर परिसरमा जानकी मन्दिरलाई नै कुरुप बनाउने गरी लगाईएका त्यस्ता प्रचारात्मक होर्डिङ बोर्डहरु स्थानीय युवाहरुको समुहले हटाएको हो ।

प्रदेश २ का मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गतका होर्डिङ बोर्ड लगायत बिभिन्न किसिमका व्यवसायिक होर्डिङ बोर्ड समेतलाई युवाहरुले हटाएर जानकी मन्दिर परिसरलाई कुरुप हुनबाट जोगाएको स्थानीय एक युवाले बताएका छन ।

मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ जस्ता होर्डिङ बोर्ड लगायतलाई हटाउँदै युवाहरुले अब उप्रान्त जानकी मन्दिर परिसरमा कुनै प्रकारको प्रचारात्मक होर्डिङ बोर्ड लगाएर फोहर नगर्न आग्रह समेत गरेका छन । साथै मन्दिर परिसरमा टिकटक जस्ता भिडियो नबनाउन समेत सचेत गराएका छन ।


