उमेरहदमा अड्कियो निजामती विधेयक

२९ वैशाख, काठमाडौं । निजामती सेवाबाट अवकाश पाएपछि कति वर्षपछि अर्को नियुक्ति पाउन सक्ने भन्ने विषयमा सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसको मत बाझिएको छ ।
एमाले कुलिङ पिरियड एक वर्ष मात्रै राख्नुपर्छ भन्ने पक्षमा छ भने कांग्रेस दुई वर्ष ।
प्रमुख सत्ता साझेदार प्रमुख दलबीचमै मतैक्य नभएपछि कांग्रेसले नेतृत्व गरेको राज्य व्यवस्था तथा सुशासन समितिले शीर्ष नेताहरूको पनि राय लिँदैछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र पनि कांग्रेसजस्तै दुई वर्षको पक्षमा छ ।
कुलिङ पिरियड राख्नेमा सबै दल सहमत भए पनि एक वर्ष राख्ने कि दुई वर्ष भन्नेमा कुरा मिल्न बाँकी छ ।
राज्य व्यवस्था तथा सुशासन समितिमा आइतबार यस विषयमा भएको छलफलमा कांग्रेस सांसद हृदयराम थानीले दबाबमा ऐन बनाउन नहुने बताए । ‘दुई वर्ष वर्ष कुलिङ पिरियड अनिवार्य राखौँ । दबाबमा एक वर्ष राख्नु हुँदैन । कुनै पनि हालतमा दुई वर्ष राख्नु पर्छ ।’
नेकपा एमालेका सांसद पदम गिरीले कुलिङ पिरियड एक वर्ष राख्नुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले एक पटक उपसमितिमा दुई वर्ष कुलिङ पिरियड राख्ने सहमति भइसकेको विषय किन बदलिएको भनेर प्रश्न गरे । उनी थप्छन्, ‘कम्तीमा दुई वर्ष कुलिङ पिरियड राखौँ भनेको हो, त्यो घटाएर देश बन्दैन ।’
कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेका अनुसार निजामती सेवा विधेयकका धेरै विषयमा सहमति जुटेको छ । ‘तर अवकाश अवधि र कुलिङ पिरियडमा हामी अड्किएका छौं’ उनी भन्छिन् ।
कर्मचारी ६० वर्ष पुगेपछि अवकाश हुने व्यवस्था राख्ने सहमति भइसकेको छ । तर, लागू गर्दा एकै पटक ६० वर्ष पुर्‍याउने कि ६/६ महिना वा एक/एक वर्ष गरेर ६० वर्षको प्रावधानमा पुग्ने भन्नेमा सहमति जुट्न बाँकी छ । हाल निजामती कर्मचारीको अवकाश उमेर ५८ वर्ष छ ।
कर्मचारीको स्वार्थ
नेताहरूका अनुसार कुलिङ पिरियड र अवकाशको उमेर हद दुवै विषयमा कर्मचारीहरुको बढी चासो देखिएको छ । उनीहरु आफ्नो अनुकूलको व्यवस्था राख्न राजनीतिक लबिइङमा समेत सक्रिय छन् ।
अवकाश नजिक पुगेका कर्मचारीहरु उमेरहद सिधै ६० वर्ष राख्नुपर्ने पक्षमा छन् । भर्खरै अवकाश भएकाहरू भने कुलिङ पिरियड राख्न नहुने र राख्ने नै भए जतिसक्दो थोरै राख्नुपर्ने पक्षमा छन् ।
कर्मचारीको समेत दबाबका कारण चेपुवामा परेकाले राज्य व्यवस्था समितिले यी विषयमा शीर्ष नेताहरुको राय लिएर मात्र अगाडि बढ्ने तयारीमा छ ।
संघीय निजामती सेवासम्बन्धी विधेयक २१ फागुन २०८० देखि संसदमा विचाराधीन छ । प्रतिनिधि सभाले सैद्धान्तिक छलफल सकाएर दफावार छलफलका लागि १५ जेठ २०८१ मा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो ।
राज्य व्यवस्था समितिमा अड्किएको पनि एक वर्ष हुन लागिसक्यो । अब भने विधेयकका अधिकांश विषयमा सहमति जुटेकाले धेरै नअड्किने सांसदहरूको विश्वास छ ।

Related posts:

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

डोनाल्ड ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

१ किलो सुनसहित भारतीय नागरिक पक्राउ

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

मेयरको निर्देशनमा उपप्रमुखलाई कार्यालय पस्न अवरोध

थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी

कोशी,कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गर्‍याे

विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकालाई

ठाउँठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

बालबालिका अझै श्रममा

अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु

तीनकुने घटना : थुनछेक बहस आज पनि जारी

आमाका नामबाट मात्र पनि नागरिकता दिइने

बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै

दुर्गा प्रसाईंलाई थुनाबाहिरै राख्न इजलासमा भीमार्जुनसहित ६ वकिलको माग

पोखरामा युवकको शव फेला, घटना रहस्यमय

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

पोखरीमा डुबेर २ जना बालकको ज्यान गयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *