२९ वैशाख, काठमाडौं । निजामती सेवाबाट अवकाश पाएपछि कति वर्षपछि अर्को नियुक्ति पाउन सक्ने भन्ने विषयमा सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसको मत बाझिएको छ ।
एमाले कुलिङ पिरियड एक वर्ष मात्रै राख्नुपर्छ भन्ने पक्षमा छ भने कांग्रेस दुई वर्ष ।
प्रमुख सत्ता साझेदार प्रमुख दलबीचमै मतैक्य नभएपछि कांग्रेसले नेतृत्व गरेको राज्य व्यवस्था तथा सुशासन समितिले शीर्ष नेताहरूको पनि राय लिँदैछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र पनि कांग्रेसजस्तै दुई वर्षको पक्षमा छ ।
कुलिङ पिरियड राख्नेमा सबै दल सहमत भए पनि एक वर्ष राख्ने कि दुई वर्ष भन्नेमा कुरा मिल्न बाँकी छ ।
राज्य व्यवस्था तथा सुशासन समितिमा आइतबार यस विषयमा भएको छलफलमा कांग्रेस सांसद हृदयराम थानीले दबाबमा ऐन बनाउन नहुने बताए । ‘दुई वर्ष वर्ष कुलिङ पिरियड अनिवार्य राखौँ । दबाबमा एक वर्ष राख्नु हुँदैन । कुनै पनि हालतमा दुई वर्ष राख्नु पर्छ ।’
नेकपा एमालेका सांसद पदम गिरीले कुलिङ पिरियड एक वर्ष राख्नुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले एक पटक उपसमितिमा दुई वर्ष कुलिङ पिरियड राख्ने सहमति भइसकेको विषय किन बदलिएको भनेर प्रश्न गरे । उनी थप्छन्, ‘कम्तीमा दुई वर्ष कुलिङ पिरियड राखौँ भनेको हो, त्यो घटाएर देश बन्दैन ।’
कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेका अनुसार निजामती सेवा विधेयकका धेरै विषयमा सहमति जुटेको छ । ‘तर अवकाश अवधि र कुलिङ पिरियडमा हामी अड्किएका छौं’ उनी भन्छिन् ।
कर्मचारी ६० वर्ष पुगेपछि अवकाश हुने व्यवस्था राख्ने सहमति भइसकेको छ । तर, लागू गर्दा एकै पटक ६० वर्ष पुर्‍याउने कि ६/६ महिना वा एक/एक वर्ष गरेर ६० वर्षको प्रावधानमा पुग्ने भन्नेमा सहमति जुट्न बाँकी छ । हाल निजामती कर्मचारीको अवकाश उमेर ५८ वर्ष छ ।
कर्मचारीको स्वार्थ
नेताहरूका अनुसार कुलिङ पिरियड र अवकाशको उमेर हद दुवै विषयमा कर्मचारीहरुको बढी चासो देखिएको छ । उनीहरु आफ्नो अनुकूलको व्यवस्था राख्न राजनीतिक लबिइङमा समेत सक्रिय छन् ।
अवकाश नजिक पुगेका कर्मचारीहरु उमेरहद सिधै ६० वर्ष राख्नुपर्ने पक्षमा छन् । भर्खरै अवकाश भएकाहरू भने कुलिङ पिरियड राख्न नहुने र राख्ने नै भए जतिसक्दो थोरै राख्नुपर्ने पक्षमा छन् ।
कर्मचारीको समेत दबाबका कारण चेपुवामा परेकाले राज्य व्यवस्था समितिले यी विषयमा शीर्ष नेताहरुको राय लिएर मात्र अगाडि बढ्ने तयारीमा छ ।
संघीय निजामती सेवासम्बन्धी विधेयक २१ फागुन २०८० देखि संसदमा विचाराधीन छ । प्रतिनिधि सभाले सैद्धान्तिक छलफल सकाएर दफावार छलफलका लागि १५ जेठ २०८१ मा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो ।
राज्य व्यवस्था समितिमा अड्किएको पनि एक वर्ष हुन लागिसक्यो । अब भने विधेयकका अधिकांश विषयमा सहमति जुटेकाले धेरै नअड्किने सांसदहरूको विश्वास छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply