७ असोज, जनकपुरधाम । नेबिसंघ द्धारा जनकपुरधामको एक स्थानिय क्याम्पसमा भएको अनुगमनको हिसान सहित शिक्षाका तीनवटा संस्थाले कडा विरोध जनाउँदै प्रतिकार गर्ने चेतावनी दिएको छ ।
शैक्षिक सुधारको नाउँमा नेपाल विद्यार्थी संघ धनुषाद्वारा जनकपुरधामको एक कलेजमा गरेको अनुगमनको हिसान सहित शिक्षाका तीनवटा संस्थाले कडा विरोध जनाएको छ । हिसान, एनप्याब्सन र प्यावसनले संयुक्त विज्ञप्ति जारी गरी विद्यालय र कलेजमा हुलहुज्जत र दुव्र्यवहार गरेको भन्दै त्यस कार्यको भत्सर्ना गरेको छ ।
अगामी दिनमा यस्ता गैरकानुनी अनुगमन भए त्यस विरुद्ध हाम्रो छाता संगठन हिसान, एनप्यावसन र प्यावसन प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी सहित विज्ञाप्तिमा उल्लेख छ ।
शिक्षा ऐन अन्तर्गत हामीले उपलब्ध गराउनु पर्ने छात्रवृति स्थानीय पालिका बमोजिम भए नभएको जानकारी पालिकाबाट नलिइ विद्यालयमै हुलहुज्जत गर्ने हिसाबले आएकोमा यसको विरोध गरिएको जनाएको छ ।
हिसानका अध्यक्ष संजिवकुमार ठाकुर, एनप्याबसनका अध्यक्ष दीपक ठाकुर र प्यावसनका अध्यक्ष रवीन्द्रकुमार चौधरीले सो विज्ञप्ति जारी गरेका हुन ।
आईतबार बिहान नेविसंघको टोलीले मिट कलेजमा अनुगमन गरेको थियो ।