२८ साउन, जनकपुरधाम । निमित्त निर्देशकको हाजिरी र निवर्तमान निर्देशकको रमानाको विषयमा मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबार धक्कामुक्की भएको छ । यो विवाद सुल्झाउन मधेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधनप्रसाद सिंह र सचिव डा. प्रमोद यादव नै प्रयोगशाला पुगे ।
संघका एघारौं तहका कर्मचारी डा. श्रवण मिश्र १८ साउन २०७७ मा प्रयोगशालामा निर्देशक थिए । केन्द्रको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० असारमै उनलाई दरबन्दी रहेको कोशी अस्पताल, बिराटनगरमा काज फिर्ता जान भनेको थियो । तर दुईपटक सरुवाको प्रयास टार्दै उनले जनकपुर छाडेनन् ।
पछिल्लो पटक मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयले २० साउनमा निर्देशक मिश्रलाई २४ घण्टाभित्र बरबुझारथ गरेर सरुवा भएको ठाउँमा जान निर्देशन दियो । अनि, नवौं तहका मृत्युञ्जयप्रसाद यादवलाई निमित निर्देशकको जिम्मेवारी तोक्यो । उनी ११ फागुन २०८० मा यहाँ कार्यरत थिए ।
मिश्रले प्रयोगशाला छाडेनन् । ‘२४ घण्टाभित्रै बरबुझारथ गरी जानुपर्ने कानुनमा कतै उल्लेख छैन । त्यसको २० दिन भित्र जान सकिन्छ’ उनले तर्क गरे ।
शुक्रबार उनी कार्यालयमा थिएनन्, निमित निर्देशकको जिम्मेवारी पाएका मृत्युञ्जयप्रसाद यादव उपस्थित भएर हाजिर गरे । तर आइतबार मिश्रले विवाद निकाले ।
निमित्त निर्देशक यादव आइतबार कार्यालयमा पुग्नु अगावै डा. मिश्र पुगिसकेका थिए । मूलगेटमा ताल्चा लगाउन लगाए, उनी पक्षका कर्मचारीले यादवलाई निर्देशकको कार्यकक्षमा प्रवेश गर्न दिएनन् । त्यसक्रममा धकेलाधकेल भयो । मिश्र पक्षका कर्मचारीहरुले धक्काधक्कीसँगै आफूलाई दुर्व्यवहार गरेको यादवको आरोप छ ।
विवादले उग्ररुप लिएपछि मुख्यमन्त्री शतिकुमार सिंहले स्वास्थ्यमन्त्री र सचिवलाई जान निर्देशन दिए । किनकी मिश्र तत्कालीन सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुको जोडबलमा आएका थिए ।
जनमतका मुख्यमन्त्री सिंह उनलाई यहाँबाट हटाएर आफ्नो शक्ति देखाउन चाहन्थे ।
मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री र सचिव पुगे । झन्डै तीन घण्टा बसेर निमित्त निर्देशक यादवलाई प्रयोगशालाको नेतृत्व बुझाए । ‘मुख्यमन्त्रीजीले निमित्त निर्देशक हाजिर हुन आउँदा अवरोध भयो । तपाईंहरु पुगे विधिसम्मत गर्न निर्देशन भएपछि मन्त्रीजिसँगै म पनि आएको हुँ’, सचिव यादवले भने ।
मिश्रले भने दिनरात काम गरेर उदाहरणीय प्रयोगशाला बनाएको पुरस्कार पाएको प्रतिक्रिया दिएका छन् ।
प्रयोगशालामा दिनहुँ ३०० देखि ४०० बिरामीको स्वास्थ्य परीक्षण हुन्छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply