Post Views: 279
१४ फागुन, काठमाडौं । प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो ।
२१ मंसिरमा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो ।
ब्युरोका एक अधिकृतले गुरुङलाई विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी गरिएको अनलाइनखबरसँग बताए । यो गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो ।
प्रहरी अनुसन्धानका क्रममा दुबईमा रहेका अंकित अग्रवाल र गुरु भनिने भारतीय नागरिकले १३८ किलो सुन तस्करी गरिसकेको खुलेको थियो । उनीहरुको सम्पर्क प्लाटिनम कलेजका सञ्चालक गुरुङसँग देखिएको अधिकृतहरुको भनाइ छ ।
गुरुङमार्फत तस्करीमा संलग्न मुख्य नाइकेहरुसम्म पुग्न सहज हुने अधिकृतहरु बताउँछन् । उनको माओवादी नेताहरुसँग पनि निकट सम्बन्ध रहेको अधिकृतहरु बताउँछन् ।
यसरी समातिएको थियो सुन
तत्कालीन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले विशेष सूचनाका आधारमा २१ मंसिरमा मध्यराति ११ः४० बजे फ्लाई दुबईको विमानबाट चन्द्र घलेलाई नियन्त्रणमा लिएका थिए ।
विमानस्थल प्रवेश गर्ने वित्तिकै सुन व्यवस्थापन हुने सूचना पाएपछि विमानबाट नियन्त्रणमा लिएर जाँच गर्दा उनको शरीरमा सुनको ७ वटा विस्कुट फेला परेको थियो ।
त्यसक्रममा घलेले आफ्नो काम सुन लिएर आएर अध्यागमनमा रहेको ‘सीआईपी’कक्षको शौचालयमा राख्नु मात्रै भएको बताएका थिए ।
पक्राउ परेपछि भन्सारका अधिकारीहरुसँग बयान दिँदै उनले गोरखाका मीनबहादुर घलेले आफूलाई यूएई पठाएको खुलाएका थिए ।
उनीमार्फत मीनबहादुरको डेराबारे जानकारी पाएपछि प्रहरीको सहयोग लिएर भन्सारको टोली मध्यराति नै धुम्बाराहीस्थित मिनबहादुर बसेको घरमा पुगेको थियो ।
करिब ३ बजे घरबाट उनी पक्राउ परेका थिए । त्यसक्रममा उनले भारतीय नागरिक अंकित र गुरुको संलग्नता खुलाएका थिए ।
यो मामलामा पछि विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डे, सरसफाइ कर्मचारी कपिल ओझा, गणेश चेपाङ, विमानस्थल नागरिक उड्डयन कार्यालयका सहयोगी लेखबहादुर तामाङ, अनिल श्रेष्ठ पक्राउ परेका थिए ।
एयर साइड अफिसमा कार्यरत रमेश देउला, प्लम्बर शेरबहादुर बस्नेत र एसी प्राविधिक राधाकृष्ण श्रेष्ठको पनि संलग्नता खुलेपछि समातिएका थिए ।
Related posts:
थप ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको तयारी
कोशी,कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गर्याे
विश्व टेस्ट च्याम्पियनशिपको ऐतिहासिक उपाधि दक्षिण अफ्रिकालाई
ठाउँठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध
अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु
तीनकुने घटना : थुनछेक बहस आज पनि जारी
आमाका नामबाट मात्र पनि नागरिकता दिइने
बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै
दुर्गा प्रसाईंलाई थुनाबाहिरै राख्न इजलासमा भीमार्जुनसहित ६ वकिलको माग
पोखरामा युवकको शव फेला, घटना रहस्यमय
देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा
पोखरीमा डुबेर २ जना बालकको ज्यान गयो
डेंगु संक्रमण फैलिँदै, अबका चार महिना अति जोखिमपूर्ण
माओवादी पदाधिकारी बैठक प्रचण्ड निवासमा
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ
राजावादीहरुको आन्दोलन रोकिए नेताहरुको अंगरक्षक पुनः खटाइनेछ
महानगरमा शक्तिहीन बने बालेनः न कार्यपालिका साथमा, न नगर प्रहरी हातमा
सदनको अवरोध हटाउन सभामुख छलफलमा
पुल बेचेको आरोपमा रोशी गाउँपालिका-७ का वडाअध्यक्ष पक्राउ
यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ
नक्सालमा राजावादी र प्रहरीबिच धकेलाधकेल
कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
आज विश्व धूमपानरहित दिवस क्यान्सरको जोखिमबाट जोगिन सल्लाह
संसद्को अवरोध विषयमा सभामुखले बोलाए सचेतकहरूको बैठक
खुँडा र ढालसहित एमालेको प्रदर्शन
भारतमा कोरोनाबाट १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि
तीनवटा मोबाइल चलाउँथे भट्टराई , एउटा मोबाइल सेटिङमा मात्रै प्रयोग
सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको धर्ना
दुई करोड रुपैयाँको तरबुजा बिक्री
रामेछापमा एम्बुलेन्स दुर्घटना : तीनजना घाइते, दुई गम्भीर
गाजामा भोकमरीले ज्यान गुमाउँदै हजारौं शिशुहरू
नवनियुक्त गभर्नर पौडेलद्वारा शपथ एवम पदभार ग्रहण
प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने लिङ्देनको भनाइ
कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना
बाबुले गरे छोरी र भतिजको हत्या
मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु
मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ
उमेरहदमा अड्कियो निजामती विधेयक
उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा
कर्पोरेसनले भन्यो- चाहिनेजति तेल छ, नआत्तिनू
निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल
गुड्दा गुड्दै जमिनमुनि गाडी गायब, भूगर्भविद्ले थाले अध्ययन
रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान