३ माघ, काठमाडौं । चालु आर्थिक वर्ष (आव) सुरुवाती महिनामा केही कम भएको रोजगारीका लागि विदेशिने क्रम हिउँदमा निरन्तर बढ्न थालेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार यसपालि (आर्थिक वर्ष २०८०/८१) को पहिलो ६ महिना (साउन–पुस) मा कामको खोजीमा ३ लाख ४३ हजार ४ सय ५ नेपाली विदेशिएका छन् ।

विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या हो । यो संख्या अघिल्लो आव २०७९/८० को तुलनामा कम भए पनि यस वर्ष सुरुवाती महिनाको तुलनामा भने मंसिर र पुसमा उच्च दरले बढ्न थालेको देखिएको छ । गत आवको पहिलो ६ महिनामा ४ लाख १४ हजार ५ सय ४६ जना विदेशिएका थिए ।

विभागका अनुसार साउन २०८० मा काम खोज्दै ५५ हजार ५ सय ७५ विदेशिएकोमा पुसमा ६५ हजार ८ सय १३ नेपालीले नयाँ श्रम स्वीकृति लिएका छन् । पुस २०८० मा जारी श्रम स्वीकृति २०७९ पुसको तुलनामा समेत धेरै हो ।

अघिल्लो वर्ष पुसमा ६५ हजार ४ सय ६४ नेपाली विदेशिएका थिए । पुसमा विदेशिनेमध्ये ६ हजार ८४ महिला छन् । यो महिना नयाँ श्रम स्वीकृतिमा ३४ हजार ४ सय १५ र पुनः श्रम स्वीकृतिमा ३१ हजार ३ सय ९८ विदेशिएका छन् ।

पुससम्म कति नेपाली विदेशिए ?


यूएई प्रमुख गन्तव्य

गएको ६ महिनामा विदेशिएका करिब साढे ३ लाख नेपालीमध्ये सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स (यूएई) गएका छन् । उक्त अवधिमाम ८४ हजार ८ सय ५५ नेपाली काम खोज्दै विदेशिएको विभागको तथ्यांक छ ।

मंसिरमा मात्र १८ हजार ४ सय ९३ नेपाली यूएई पुगेका थिए । पुसमा यूएई जाने नेपाली १६ हजार ३ सय ८५ छन् । पुसमा साउदी जाने छन् । यो मुलुकमा १४ हजार ३ सय ७ पुगेका छन् । कतारमा १४ हजार १८ पुगेको विभागको तथ्यांक छ ।

गत वर्ष निकै धेरै नेपाली पुगेको मलेसियामा भने यस वर्ष नेपाली कामदार संख्या निरन्तर घटिरहेको छ । मलेसियामा पुसमा मात्र ८ हजार ९१ नेपाली विदेशिएका छन् । कुवेतमा ३ हजार ५ सय १८ ले नयाँ तथा पुनः श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा छ । पुसमा मात्र जापान जानेको संख्या १ हजार १ सय ९९ देखिएको छ ।

युद्धबीच इजरायलमा नेपाली आकर्षण उस्तै

गत असोज तेस्रो साता हमास विद्रोहीले इजरायलमा आक्रमण गरे । जवाफमा इजरायलले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिरहेको छ । यो युद्ध क्रममा २२ हजारभन्दा धेरै मानिसले ज्यान गुमाइसकेको तथ्यांक आइसकेको छ । युद्धमा १० नेपालीले ज्यान गुमाएका थिए ।

दुई देशको द्वन्द्वबीच इजरायलमा नेपालीको आकर्षण भने घटेको छैन । यो वर्ष ६ महिनामा ३ सय १७ नेपाली श्रम स्वीकृति लिएर इजरायल गएका छन् । गत असोजमा इजरायल–गाजा युद्धबीच २ सय ५४ नेपाली सरकारले पठाएको चार्टर्ड जहाजबाट घर फर्किएका थिए ।

कुन महिनामा कति गए इजरायल ?

साउन : ३८ जना
भदौ : ५१ जना
असोज : ४९ जना
कात्तिक : १७ जना
मंसिर : ८५ जना
पुस : ७७ जना
युरोपमा खुल्दै रोजगारी ढोका

विभागको तथ्यांकअनुसार पछिल्ला महिना युरोपलाई समेत धेरै नेपालीले आफ्नो रोजगारीको गन्तव्य बनाउन थालेका छन् । वैदेशिक रोजगार व्यवसायी यसरी जानेले बढी आम्दानी, सुरक्षित काम र दीर्घकालीन रोजगारीजस्ता कारण युरोपलाई गन्तव्य बनाउन थालेको बताउँछन् ।

यो वर्ष पुसमा मात्र रोमानियामा १ हजार ५८, क्रोएसिया ५ सय ५८, साइप्रस ३ सय ५७, माल्टा २ सय ६३, पोल्यान्ड १ सय ८३, सर्बिया १ सय ३५, बेलायत १ सय ८७, स्लोभाकिया ४१ र टर्कीमा २० नेपाली कामको खोजीमा पुगेका छन् ।

धनुषा, सिरहा, रुपन्देहीबाट धेरै विदेश गए

वैदेशिक रोजगारीका लागि विदेशिनेमध्ये पुसमा धनुषा, सिरहा र रुपन्देही अगाडि छन् । धनुषाबाट ३ हजार ४ सय ४३, सिरहा २ हजार ६ सय ५६ र रुपन्देहीबाट २ हजार ६८ र सुनसरीबाट २ हजार ५७ जना विदेशिएका छन् ।

सबैभन्दा कम मुस्ताङबाट १४ जना विदेशिएको तथ्यांक छ । नेपालबाट जानेमध्ये अझै पनि ठूलो संख्या अदक्ष रहेको समेत सरकारको आँकडाले देखाएको छ ।

Related posts:

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply