९ पुस, जनकपुरधाम । जनकपुरधामका केही निजी बिद्यालयहरुले आज तुलसीको पूजा गरी तुलसी पूजन दिवस मनाएका छन ।

जहाँ एकतर्फ विश्वभर क्रिसमसको उत्सव मनाउने रौनक छ । त्यही बेला जनकपुरमा विभिन्न हिन्दूवादी संघसंस्था एवम् विद्यालयहरूले तुलसी पूजन गरी दिवस मनाए ।

विश्व हिन्दू परिषद नेपाल, मोडर्न नेपाल स्कुल, यूरेका इन्टरनेशनल हाइ स्कुल लगायतले स्कुलमै बिद्यार्थीहरुलाई तुलसीको महत्व बताउँदै यसको संरक्षणका लागि समेत पूजा गर्नु आवश्यक रहेको भन्दै तुलसी पूजन दिवस मनाएका हुन् । विश्व हिन्दू परिषद नेपालले यसै अवसरमा जानकी मन्दिर परिसरमा सयौं तुलसीको वोट वितरण गरेका छन ।

यता, मोडर्न नेपालका प्रधानाध्यापक तथा एनप्याब्सनका जनकपुरधाम नगर अध्यक्ष समेत रहेका दीपक ठाकुरले तुलसी एउटा बोट मात्र नभई आस्थाको प्रतिक तथा औषधीयुक्त एक प्रकारको जडीबुटी समेत रहेकाले यसको महत्वबारे बिद्यार्थीहरुलाई जानकारी गराएका छन । साथै बिद्यार्थीहरुले पनि पूजा गरी दिवस मनाएका छन । ठाकुरले अन्य विद्यालयलाई समेत तुलसी पूजन दिवस मनाउन आग्रह गरे ।

ठाकुरले अगाडि भने, ’तुलसीको महत्वको वर्णन हाम्रो शास्त्रमा र विज्ञानमा पनि छ । स्कन्द पुराणमा तुलसीको बोटमा पूजा गरिने घरमा यमदूत प्रवेश गर्न सक्दैनन् भनिएको छ ।’ उनले तुलसीको विरुवा एक अभियानकै रुपमा हरेक घरमा लगाउन आग्रह समेत गरेका छन् ।

हिन्दू धर्ममा तुलसीको पूजा गरिन्छ । यसलाई हरेक आस्थावान हिन्दुहरुले आफ्नो घरको आँगनमा अनिवार्य रुपमा रोप्ने गरेका छन् । हिन्दु धर्ममा आस्था राख्नेहरु हरेक दिन तुलसी पूजा गर्ने गर्दछन् ।

त्रिसमस र तुलसी पुजन एकै दिन पर्ने गरेकाले पनि आस्था अनुसार हिन्दुहरुले तुलसी पुजन गर्ने र क्रिश्चियनहरुले त्रिसमस मनाउने गरेका छन ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply