२५ मंसिर, जनकपुरधाम । जनकपुरधाममा सीताराम विवाहपञ्चमीका अवसरमा एक सय दुई क्विन्टल अनाज प्रयोग गरी ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा निर्माण थालिएको छ ।

एक सय दुई क्विन्टल अन्न प्रयोग गरी जनकपुरधामस्थित रङ्गभूमि मैदान (बाह्र बिघा) मा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमालाई आकार दिन आइतबार साँझदेखि चकले ब्लक बनाउने कार्य सुरु भएको छ । प्रत्येक वर्ष जनकपुरधाममा हुने विवाहपञ्चमीको अवसर पारेर धार्मिक ऐतिहासिक सहर जनकपुरधामलाई विश्वभर चिनाउन ११ प्रकारका अन्न प्रयोग गरी २१ लाख २३ हजार रुपियाँको लागतमा रङ्गभूमि मैदान (बाह्र बिघा) रामजानकी प्रतिमा स्थापना गर्न लागिएको हो । प्रतिमा निर्माणमा चामल २५ क्विन्टल, गहुँ ६ क्विन्टल, सोयाबिन ६ क्विन्टल, चना १८ क्विन्टल, उरद (मास) को दाल १८ क्विन्टल, चनाको दाल ४ क्विन्टल, अरहर ४ क्विन्टल, मसुर दाल ४ क्विन्टल, मकै तीन क्विन्टल, मुमफली दुई क्विन्टल र मुङको दाल १२ क्विन्टल गरी १२ लाख ६८ हजार रुपियाँको ११ प्रकारका अनाज प्रयोग गरिने श्री सीताराम अनाज प्रतिमा निर्माण समितिका संयोजक जितेन्द्र महासेठले जानकारी दिएका छन ।

भारतको अयोध्यामा बनाइएको ९ हजार स्क्वायर फिटको रामजानकीको प्रतिमाबाट प्रेरित भएर जनकपुरधाममा पनि त्योभन्दा ठुलो प्रतिमा बनाउन थालिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए । जनकपुरधाममा पर्यटक भित्र्याउन र जनकपुरधामलाई विश्वसामु चिनाउन प्रतिमा निर्माण गर्नु उत्तम कार्य रहेको साहको भनाइ छ । प्रतिमा निर्माणमा प्रयोग हुने अनाजमध्ये ९० प्रतिशत अनाज पुनः काम लाग्ने र १० प्रतिशत अनाज पिसेर गौशालामा गाईवस्तुलाई खुवाउन सकिने निर्माण समितिको सल्लाहकारसमेत रहेका साहको भनाइ छ ।

ऐतिहासिक रङ्गभूमि मैदान बाह्र बिघाको उत्तरी पूर्वी कुनामा निर्माण भईरहेको प्रतिमा ६ इन्च माटो भरेर समतल बनाई करिब तीन कट्ठा क्षेत्रफलमा कार्पेट ओछ्याएर बनाईदै छ । प्रतिमा निर्माणका लागि अयोध्यामा रामसीताको प्रतिमा बनाई विश्व रेकर्ड बनाएका भारत मध्यप्रदेशका कलाकार सतीश गुर्जरको टोलीलाई बोलाइएको निर्माण समितिले जनाएको छ । आइतबारबाटै सुरु गरिएको प्रतिमा निर्माण ४ दिनमै सम्पन्न हुने बताईएको छ । आगामी बुधबारदेखि नागरिकले प्रतिमा हेर्न सक्ने प्रतिमा निर्माणका कलाकार सतीश गुर्जरले बताए । प्रतिमा निर्माणका लागि आवश्यक पर्ने अनाज विभिन्न व्यक्ति र सङ्घ संस्थाले सहयोग गरेका छन ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply