३० भदौ, जनकपुरधाम । एन प्याबसन धनुषाको अध्यक्षमा आशिष झा लगायत ११ जना कार्यसमिति सर्वसम्मतिले निर्वाचित भएका छन ।

एन प्याबसन धनुषाको ९ औ महाधिवेशनबाट अध्यक्षमा एरे इन्टर नेशनल बोर्डिङ्ग स्कुलका सन्चालक आशिष झा निर्वाचित भएका हुन ।
त्यस्तै समितिको बरिष्ठ उपाध्यक्षमा जानकी बोर्डिङ्ग स्कुलका सन्चालक प्रमोद अग्रवाल, उपाध्यक्षमा डा. अनिल अग्रवाल, सचिवमा दिपेन्द्र कुमार चौधरी र कोषाध्यक्षमा अभिशेख चौधरी रहेका छन । यस्तै, सह–कोषाध्यक्षमा अताबुल अहमद, सह–सचिवमा कन्चन कर्ण चुनिएका छन भने सदस्यहरुमा डा. सन्तोष कर्ण, मिरा पाण्डे, महेन्द्र महतो, राजु यादव लगायत रहेका छन।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्य र जनकपुरधामका मेयर मनोज साहको बिशिष्ठ आतिथ्यमा सम्पन्न सो महाधिवेशनको अध्यक्षता एन प्याबसनका निवर्तमान अध्यक्ष अवधेश तिवारीले गरेका थिए ।
–शिवराम झा गुड्डु