१८ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले आफूले पाकिस्तानसँगको खेलबाट कप्तान बाबर आजमबाट नेतृत्व कला सिकेको बताएका छन् ।

भारतसँगको खेलअघि नेपाल क्रिकेट संघ क्यानको अफिसियल मिडियासँग कुरा गर्दै रोहितले पाकिस्तानसँगको खेलको समीक्षा गर्दै भारतसँगको खेलमा के के सुधार गर्न सकिन्छ भन्ने बताएका छन् । ‘कप्तानको रुपमा बाबरसँग लिडिङ फ्रम द फ्रन्ट (टिमलाई अगाडिबाट नेतृत्व गर्नु) भन्ने कुरा सिकेको छु । आउने खेलमा मैले प्रेसरको अवस्थालाई कसरी सम्हालेर टिमलाई अगाडि लिएर जाने भन्ने कुरा सिकेको छु’, रोहितले भने ।

नेपाली टिम पाकिस्तानसँगको खेलबाट सकरात्मक कुराहरु सिकेर अगाडि बढेको उनले बताए । ‘सबैजना सकरात्मक तरिकाले मुभअन भएका छौं । हामीले पाकिस्तानसँगको खेलबाट सकरात्मक कुरा सिकेर भारतको खेलमा प्रयोग गर्नेछौं’, उनले भने ।

‘हाम्रो बलिङ यूनिटले ३० ओभरसम्म राम्रो गरिरहेको थियो,’ पाकिस्तानसँगको खेलको समीक्ष गदै एनले भने, ‘सेट ब्याटर बाबर आजम र हामी विशेषत ब्याटिङ युनिटले प्रेसरमा पनि कसरी सम्हालिएर खेल्ने भन्ने कुरा हामीले अघिल्लो खेलबाट सिक्नु पर्छ ।’

‘भारतसँगको खेलमा हामी पाकिस्तानसँगको खेलबाट सिकेका कुरा लिएर जानुपर्छ । हामीलाई भारतले पनि कतिपय अवस्थामा प्रेसरमा राख्छ होला, त्यो अवस्थामा प्रेसर कसरी सम्हाल्ने र अगाडि बढ्ने भन्ने सिक्न सकिन्छ ।’

खेलाडीको मेहनतका कारण नेपाल यो एसिया कपसम्म आइपुगेको उनले बताए । ‘हामी एसिया कप डिजर्भ गछौं । हामीले अनुशासित भएर खेल्नुपर्छ । कसरी अनुभवी बलरहरुको बल ट्याकल गर्ने कसरी सम्हालिने भन्ने हुन्छ । बलरहरुले पनि बल फ्याक्ने कुरामा अनुशासित भएर खेल्नुपर्छ ।’

नेपाललाई ठूलो प्लेटफर्ममा प्रस्तुत गर्नु निकै ठूलो जिम्मेवारी भएको कप्तान रोहितले बताए । ‘एकदमै ठूलो जिम्मेवारी छ । मेरो लागि मात्रै नभएर हामी सबैको लागि जिम्मेवारी र अवसर हो ।’

नतिजा आफ्नो पक्षमा नआउँदा नराम्रो लागेको उनले सुनाए । उनले नेपाली टिमलाई हार्दा कमजोरी देखाउँदै सकरात्मक तरिकाले हौसला दिन अनुरोध गरेका छन् ।

‘नराम्रो लाग्छ । सोचेजस्तो नतिजा आउँदैन । हामीले जहिल्यै जित्छौं भन्ने हुँदैन । हार पनि खेलको पक्ष हो । हार्दा सबैले आलोचना गरिरहेका हुन्छन् सबैलाई यहि भन्न चाहन्छु कि कसरी खेलाडीलाई मोटिभेट गर्नुस् । कमजोरी औल्याउनुस्, तर आउँदो दिनमा पनि माया र समर्थन गर्दिनुस् ।’

Related posts:

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

सशक्त र परिणाममुखी भएर काम गर्छु: प्रमुख पाण्डे

Leave a Reply