१७ भदौ, काठमाडौं । काठमाडौंका मेयर बालेन साहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएपछि सामाजिक सन्जाल प्रयोगकर्ताहरुले उनको चर्को आलोचना गरिरहेका छन् । कतिपयले उनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् भने कतिपयले उनी दम्भी भनेर आलोचना गरिरहेका छन् ।

मेयर साहले गएराति सामाजिक सन्जाल फेसबुकमा सरकारलाई ‘चोर’ भन्दै सिंहदरबारमा ‘आगो लगाइदिन्छु’ भनेर धम्कीयुक्त स्टाटस पोष्ट गरेका थिए । उनले लेखेका छन्, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ बालेनको यो पोष्टमा ३ लाख बढी लाइक, ९९ हजार कमेन्ट र ३८ हजार सेयर भएको देखिन्छ ।

लगत्तै उनको स्टाटसको स्क्रिनसट भाइरल भएको थियो । केहीले दम्भ देखिएको भनेर आलोचना गरेका छन् भने केहीले आक्रोशपूर्ण अभिव्यक्ति दिनुको कारणबारे जिज्ञासा राखेका छन् । तर यसको कारणबारे बालेन आफैंले केही बताएका छैनन् ।

विरोध र जिज्ञासा

सुलभ कार्कीले ट्वीटरमा मेयर बालेनको अभिव्यक्तिको विरोध गर्दै लोकतान्त्रिक समाजमा हिंसा स्वीकार गर्न नसकिने बताएका छन् । उनले लेखेका छन्, ‘यो अस्वीकार्य भनाइ हो । मेयर बालेन र्‍यापर मात्र नभइ नेपालको शक्तिशाली मेयर हुन् । उनले केही लेख्नुअघि सोच्नुपर्छ । साथै कुनै पनि प्रकारको हिंसालाई लोकतान्त्रिक समाजमा स्वीकार गर्न सकिँदैन ।’

यसअघि काठमाडौं महानगरको मेयरकी उम्मेदवारसमेत बनेकी नेतृ रञ्जु दर्शनाले मेयर साहको आक्रोशको कारणबारे फेसबुकमा जिज्ञासा राखेकी छन् । उनले लेखेकी छन्, ‘…देशमा जलाउनेहरु धेरै पटक आए र गए पनि । तिनीहरुको त बरु जिनतिन मुद्दा थियो । यो आक्रोशको पछाडि तपाईंको मुद्दा के हो ?’

यसैगरी पूर्वमन्त्री लोकेन्द्र विष्टमगरले पनि बालेनलाई प्रश्न गर्दै फेसबुकमा लेखेका छन्, ‘मेयर साप ! शनिबार सवार सरकारी गाडी ट्राफिकले रोक्दा सिंहदरबारमा आगो र सरकार चोर किन र कसरी ?’

मेयर बालेन साहकी पत्नी सवार सरकारी नम्बर प्लेटको गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेर छाडेलगत्तै मेयर साहको आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक भएको थियो ।

कोटेश्वरको चेकिङमा परेको थियो बालेन पत्नि सवार गाडी

शनिबार राति करिब ८ः५० बजेतिर सरकारी नम्बर प्लेटको गाडी ललितपुरको बालकुमारीतर्फबाट कोटेश्वर चोकतिर आएको देखेपछि चेकिङ गर्ने ड्युटीमा रहेका ट्राफिक प्रहरीले सो गाडीलाई रोकेर सोधपुछ गरेका थिए । त्यसपछि मेयरको गाडी हो, गाडीमा मेडम हुनुहुन्छ भनेपछि ट्राफिक प्रहरीले छाडिदिएका थिए । त्यसपछि गाडी गैरिगाउँतर्फ गएको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले भने, ‘नियमित चेकिङमा सरकारी गाडी आयो । कुन अफिसको हो ? बिदाको दिन कहाँबाट आउनुभयो भनेर ट्राफिकले सोध्यो । चालकले मेयर सापको हो, मेडम हुनुहुन्छ भनेपछि ल ठिक छ, पास बोकेर हिँड्नुस् है भनेर पठाइदिएको हो ।’ त्यसक्रममा डेढ-दुई मिनेट गाडी रोकिएको भट्टले बताए । त्यसलगत्तै ९ बजेर २१ मिनेटमा मेयर साहको आक्रोशपूर्ण अभिव्यक्ति फेसबुकमा सार्वजनिक भएको थियो ।

मेयर साहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई टेलिफोन गरी गाडी रोकिदिएको भन्दै आक्रोश पोखेका थिए । मेयर साहले ‘महानगरको गाडी चौबीसै घण्टा ड्युटीमा हुन्छ । किन रोकेको ?’ भन्दै आक्रोश पोखेको स्रोतले बतायो ।

प्रजिअ बस्नेतले भने यसबारे के भएको रहेछ म बुझ्छु भन्दै फोन राखेका थिए । प्रजिअ बस्नेतले ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेलसँग घटनाबारे बुझेका थिए । साथै प्रहरी युनिटले गृह मन्त्रीको सचिवालयमा समेत घटनाबारे जानकारी गराएको थियो ।

प्रजिअ बस्नेतले शान्ति सुव्यवस्था कायम राख्न चेकजाँच गर्ने, सोधपुछ गर्ने सामान्य प्रक्रिया भएको बताए । त्यही गर्दा मेयर बालेन साहको धम्कीपूर्ण अभिव्यक्तिले सुरक्षाकर्मीलाई हतोत्साही बनाएको उनले बताए । ‘शान्ति, अमन चयन कायम राख्नका लागि नियमित रुपमा भइराख्ने कामको सन्दर्भमा उहाँको पनि भूमिका हुन्छ,’ प्रजिअ बस्नेतले भने, ‘तर यो अभिव्यक्तिले शान्ति सुरक्षा कायम राख्ने सवालमा सुरक्षा युनिटलाई हतोत्साही बनाएको छ ।’

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply