९ साउन, काठमाडौं । भारतले भियतनामलाई मिसाइल हतियारले भरिपूर्ण युद्धपोत दिएको छ । भारतको यो निर्णयलाई चीनविरुद्ध भारतले चालेको रणनीतिक कदम भनेर टिप्पणी गरिएको छ ।

गत शनिबार भारतले ‘आईएनएस कृपाण’ नामको युद्धपोत भियतनामको सेनालाई दिएको हो । भारतले मिसाइसहितको युद्धपोत कुनै देशलाई दिएको यो पहिलो पटक हो ।

भियतनामको केम राह्नमा आयोजित समारोहमा युद्धपोत हस्तान्तरणको प्रक्रिया पूरा गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै भारतका नेभी प्रमुख एडमिरल आर हरि कुमारले भारतको इतिहासमै पहिलोपटक लडाकु जहाज कुनै मित्र देशलाई दिइएको यो क्षण ऐतिहासिक भएको बताए ।

उनले भारतीय नौसेनाको सबैभन्दा राम्रो र सबैभन्दा लामो समयसम्म सेवा दिएको युद्धपोतमध्येको एक कृपाण भियतनाम पिपुल्स नेभीलाई हस्तान्तरण समारोहमा सहभागी हुन पाउनु आफ्नो लागि पनि निकै सम्मानको विषय भएको बताए ।

आईएनएस कृपाणको विशेषता के छ ?

आईएनएस कृपाण भारतमै बनेको युद्धपोत हो । यसबाट मिसाइल प्रहार गर्न सकिन्छ । यसलाई सन् १९९१ मा भारतको सामुदि्रक सेना -नौसेना)मा सामेल गरिएको थियो । यो भारतीय नौसेनाको इस्टर्न फि्लटको एक महत्वपूर्ण हिस्साको रुपमा रह्यो ।

३२ वर्षको सेवा पछि यसलाई हटाइयो र भियतनाम सेनालाई हतियारसहित हस्तान्तरण गरियो ।

यो युद्धयोतमा १२ अधिकारीहरुसहित १०० सैनिकले काम गर्दै आएका थिए । ९० मिटर लामो र १०.४५ मिटर चौडाइको यो युद्धपोत सबै हातहतियारसहित १ हजार ४५० टन वजनको छ ।

चीनसँग जोड्नु कति उचित ?

चीन र भियतनामबीच समुद्री सिमानाको विवाद कायम छ । चीन र भारतबीच पनि सीमा समस्या लगायतका कारण राम्रो सम्बन्ध छैन । अर्कोतर्फ भारतले भियतनामलाई पटक-पटक रक्षा सहयोग उपलब्ध गराउँदै आएको छ ।

भारत र भियतनाम दुवैको आ-आफ्ना छिमेकी देशसँग जटिल समीकरण छ । भियतनामसँग कुनै देशको सैन्य साझेदारीलाई चीनले दक्षिण चीन सागरमा आफ्नो सम्प्रभूताको दाबीविरुद्धको कदम ठान्दछ । यस्तो पृष्ठभूमिमा आईएनएस कृपाण युद्धपोत भारतले भियतनामलाई दिनुलाई कतिपयले चीनविरुद्ध भारतको रणनीतिक कदम भन्ने गरेका छन् ।

विदेश मामिलाका जानकार रबिन्दर सचदेवाका अनुसार भारतले भियतनामलाई युद्धपोत दिनु दुई देशबीचको सम्बन्धमा ठूलो कदम हो । किनभने चीनसँग दुवै देशको सम्बन्ध राम्रो छैन । दक्षिण चीन सागरमा दुवै देशको स्वार्थ जोडिएको छ । त्यसैले यसलाई चीनसँग जोडेर हेर्दा गलत हुँदैन ।

यद्यपि भारतले धेरै पटक भन्दै आएको छ कि भारत-भियतनाम रक्षा सहयोगको चीन नीतिसँग कुनै लेनादेना छैन ।

भियतनाम आसियान (दक्षिणपूर्व एशियाली देशहरुको संगठन)को एक महत्वपूर्ण सदस्य हो र दक्षिण चीन सागर क्षेत्रमा चीनसँग यसको विवाद छ । भारतले दक्षिण चीन सागरको भियतनामी जल क्षेत्रमा तेल खोज्ने परियोजना चलाइरहेको छ ।

भारत र भियतनाम पछिल्लो केही वर्षयता साझा हित रक्षाका लागि समुद्री सुरक्षा सहयोग बढाइरहेका छन् ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार जुलाई २००७ मा भियतनामका तत्कालीन प्रधानमन्त्री गुयेन ट्यान डंगले भारत भ्रमणको क्रममा दुवै देशबीचको सम्बन्ध रणनीतिक साझेदारीको स्तरसम्म बढेको थियो ।

सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भियतनाम भ्रमणको क्रममा द्वीपक्षीय सम्बन्ध व्यापक रणनीतिक साझेदारीसम्म बढेको थियो । त्यसपछि भियतनाम भारतको एक्ट इस्ट नीति र इन्डो प्यासिफिक भिजनको एक महत्वपूर्ण साझेदार बन्यो । र, केबल भारत मात्र नभई अन्य देश पनि भियतनामसँग सम्बन्ध सुमधुर बनाउन कोसिसमा छन् ।

विदेश मामिलाका जानकार रविन्दर सचदेव भन्छन्- यहाँसम्म कि विगतमा भियतनामसँग सम्बन्ध बिगि्रएको अमेरिका पनि अब नजिकिने कोसिसमा छ ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply