शिवराम झा ।
४ साउन, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मोक्षद्वारमा वृक्षारोपण गरिएको छ ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको जन्मदिनको अवसरमा सो वृक्षारोपण गरिएको हो ।
बृक्षारोपण गर्दै अध्यक्ष चौधरीले वृक्षकै अभावमा पर्यावरणमा परेका असरका कारण जलवायु परिवर्तन भई दिनानुदिन तापक्रममा वृद्धि हुनुका साथै विभिन्न वातावरणीय समस्याहरु बढदै गएको प्रति चिन्ता व्यक्त गरे ।
मानव जिवनका लागि वृक्ष प्राणदायनी रहेकोले र जलवायु तथा मौसमलाई प्रतिकुल हुनबाट जोगाउन पनि अहिलेको समयमा बृक्षारोपण अपरिहार्य रहेको उनले औल्याए ।
सम्पुर्ण मानव समुदायलाई बृक्षारोपण गर्न प्रेरणा मिल्ने आशाका साथ आफुले जन्मदिनको अवसरमा बृक्षारोपण गरेर सन्देश दिन खोजेको बताए ।
कार्यक्रममा बोल्दै वन अधिकृत तथा बृक्ष मानवले परिचित सुरेश शर्माले वृक्षरोपण गर्नु भनेको प्रकृतिको संरक्षण गर्नु रहेकोले वृक्षरोपण मात्र होइन यसको संरक्षण सम्बद्र्धनमा समेत जोड दिनु पर्ने आवश्यकता औंल्याए ।
सो कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीकी नेतृ विभा ठाकुर सफाई अभियानी एवम् नेपाली काँग्रेसका युवा नेता दीपक ठाकुर, जनकपुरधाम उपमहानगरपालिका ८ का पूर्व अध्यक्ष रमेश ठाकुर, पत्रकार स्मृति मिश्रा, मिथि फाण्डेशनकी अध्यक्ष रुबि झा लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
अधिकांश वक्ताहरुले वृक्षारोपण गरेर मात्र नहुने र यसको संरक्षणको पनि उतिकै आवश्यकता रहेको बताए ।