१ असार, काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारकै कर्मचारी कर्तव्य र समय पालनामा जिम्मेवार नभएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले बिहीबार गरेको छड्के अनुगमनबाट एक सय २५ जना कर्मचारी कारबाहीमा परेका छन् । कार्यालय समयमा विभिन्न बहानामा कामै छाडेर भाग्ने कर्मचारीको अनुगमन गरेर केन्द्रले विभागीय कारबाहीका लागि सम्बन्धित मन्त्रालय तथा निकायमा पठाएको छ ।

कर्मचारीहरू हाजिर गरेर भाग्ने प्रवृत्ति बढेपछि केन्द्रले दुईवटा टोली बनाएर आकस्मिक अनुगमन गरेको थियो । हाजिर गरेर भाग्ने यस्तो प्रवृत्तिलाई कर्मचारीतन्त्रमा ‘हाजिर गरेर टाप कस्ने’ अर्थात् ‘हाटा’ भनिन्छ । केन्द्रले सिंहदरबार छिर्ने दुईवटा गेट पूर्वी र दक्षिण गेटमा छड्के अनुगमन गरेको थियो । केन्द्रका डिआइजी निरञ्जन विष्टको संयोजकत्वमा नेपाल प्रहरीसमेतलाई संलग्न गरेर अनुगमन गरिएको थियो ।

डिआइजी विष्टका अनुसार केन्द्रको निर्णयअनुसार सिंहदरबार प्रवेश गर्ने पूर्वी र दक्षिण गेटमा बिहीबार बिहान आकस्मिक रूपमा दुई टोली खटाइएको थियो । पूर्वी गेटमा १० देखि ११ र दक्षिण गेटमा १० देखि १२ बजेसम्मका लागि टोली खटाइएको थियो । कर्मचारीको सहजताका लागि पूर्वी गेट बिहान १० देखि ११ बजेसम्मका लागि मात्र खुल्छ । दक्षिणी गेट भने सबैका लागि बिहानदेखि बेलुकासम्म खुला हुन्छ । कार्यालयसम्बन्धी काम १० बजेपछि मात्र हुने भएकाले सेवाग्राही तथा आवश्यक काम परेका मानिस सामान्यतया मध्याह्न आसपासदेखि मात्र आउँछन् । सरकारी कर्मचारी परिचयपत्र, सूचना विभागले जारी गर्ने पत्रकार परिचयपत्रबाहेक अन्यका हकमा पास आवश्यक पर्ने भएकाले सिंहदरबारमा छिर्न सहज छैन । त्यही १० देखि १२ बजेको अवधिमा केन्द्रको टोलीले सिंहदरबारबाट कति कर्मचारी बाहिरिन्छन् भन्नेबारे छड्के अनुगमन गरेको थियो ।

डिआइजी विष्टका अनुसार पूर्वी गेटमा ३४ र दक्षिण गेटमा ९१ जना छड्केमा परेका छन् । ‘केन्द्रले स्याम्प्लिङका रूपमा मात्र अनुगमन गरेको हो,’ उनले भने, ‘तर, नसोचेको संख्यामा कर्मचारी कार्यालयको काम छाडी बाहिरिएको देखियो । प्रहरीसँग बुझ्दा त त्यो समयमा गेटमा बाहिरिने कर्मचारीले ट्राफिक जाम नै गराउने रहेछन् ।’

अनुगमन टोली बिहान १० बजे नै दुवै गेटमा बसेको थियो । टोलीका एक सदस्यका अनुसार एक कर्मचारी १०:१४ मै सिंहदरबारबाट बाहिरिए । कार्यालय समय नै १० बजे रहेको अवस्थामा १४ मिनेटमै कर्मचारी बाहिर निस्केको फेला पारेपछि अनुगमन टोली नै आश्चर्यमा परेको थियो । ‘सामान्यतया कर्मचारी ढिला कार्यालय पुग्छन् भन्ने आमगुनासो हुन्छ, तर समयमै कार्यालय पुगेर, हाजिर लगाएर फर्किने प्रवृत्ति पनि रहेछ भन्ने देखियो,’ डिआइजी विष्टले भने । अनुगमनका क्रममा कतिपय कर्मचारीले त अनुगमन टोलीमाथि दुव्र्यवहारसमेत गरेका थिए । ती कर्मचारीले केन्द्रका डिएसपी कृष्णप्रसाद अधिकारीलाई धकेलेका थिए । ‘निजामती कर्मचारी त सभ्य, शिक्षित हुनुपर्ने हो, तर केहीले अनुगमन टोलीमाथि नै दुव्र्यवहार गरे,’ अनुगमन टोलीका एक सदस्यले भने । अनुगमन टोली देखेपछि केही कर्मचारी त फर्किएका थिए ।

कार्यालय समयमा व्यक्तिगत कामका लागि दौडिने कर्मचारीमाथि कारबाहीका लागि केन्द्रले लेखी पठाउने निर्णय गरेको छ । ‘समय पालना नगर्ने कर्मचारीलाई कारबाहीका लागि केन्द्रले सम्बन्धित मन्त्रालय तथा कार्यालयमा लेखी पठाउँछ,’ केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले भने, ‘केन्द्रको सिफारिसबमोजिम सम्बन्धित मन्त्रालयले अनुशासनको कारबाही गर्न सक्छ ।’ केन्द्रका सूचना अधिकारी शर्माका अनुसार चालू आवमा मात्र केन्द्रले दुई सय ३४ कार्यालयको अनुगमन गरेको छ ।

कुन मन्त्रालय/कार्यालयबाट कति कर्मचारी बाहिरिए ?
केन्द्रबाट प्राप्त विवरणअनुसार कार्यालय समयमा बाहिरिने सबैभन्दा धेरै कर्मचारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका छन् । मन्त्रालयका १५ कर्मचारी कार्यालय समयमा बाहिरिएको केन्द्रको रेकर्ड छ । त्यस्तै, गृह र अर्थका १०–१० जना, प्रधानमन्त्री कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सात–सातजना कर्मचारी कार्यालय समयमा बाहिरिएका छन् । सहरी विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल टेलिभिजनका ६–६ जना कर्मचारी पनि कार्यालय समयमा व्यक्तिगत काम देखाएर बाहिरिए । युवा तथा खेलकुदका पाँच, कृषि मन्त्रालय र मुद्रण विभागका चार–चार तथा पर्यटन मन्त्रालय, सञ्चार मन्त्रालय र श्रम मन्त्रालयका तीन–तीनजना कर्मचारी पनि कार्यालयको काम छाडेर बाहिरिएका थिए ।

Related posts:

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

मध्यराति बाढीमा फसेको बसबाट यात्रुको सकुशल उद्धार

नेपालको ग्यास खबरले भारतीय मिडियामा हलचल : 'नेपाल मालामाल' हुने दाबी

Leave a Reply