३ वैशाख, काठमाडौं । आयकर र मूल्य अभिवृद्धि कर खुम्चिंदा आन्तरिक राजस्व प्रभावित बनेको छ । आन्तरिक राजस्व विभागका अनुसार अघिल्लो वर्षको चैत महिनासम्मको तुलनामा आयकर ९१ प्रतिशत मात्र उठेको छ । मूल्य अभिवृद्धि कर (आन्तरिक) ९८ प्रतिशत मात्र उठेको छ ।

यस आर्थिक वर्ष (आव) को चैत महिनासम्म सरकारले ३ खर्ब ३७ अर्ब १० करोड रुपैयाँ आन्तरिक राजस्व उठाएको छ । यो गत वर्षको तुलनामा ९८ प्रतिशत मात्र हो । सो आवमा सरकारले ३ खर्ब ४२ अर्ब ६५ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्न सफल भएको थियो ।

सरकारले चैतसम्म १ खर्ब ५० अर्ब मात्र आयकर उठाएको छ । गत वर्ष यसैअवधिसम्म १ खर्ब ६५ अर्ब ४५ करोड रुपैयाँ आयकर उठेको थियो । ब्याजकर २५ अर्ब २१ करोड रुपैयाँ उठेको छ । गत आवमा ब्याजकर १७ अर्ब ५६ करोड उठेको थियो ।

भ्याट भने ७८ अर्ब ८९ करोड रुपैयाँ मात्र उठेको छ । गत आवको यसै अवधिमा भ्याट ८० अर्ब ९१ करोड उठेको थियो । अन्तःशुल्क भने गत आवको तुलनामा केही बढेको छ । यस आवमा चैतसमम ७४ अर्ब २८ करोड उठेको छ । गत आवको चैतसम्म ७१ अर्ब ४९ करोड रुपैयाँ अन्तःशुल्क उठेको थियो ।

यो वर्ष राजस्व संकलनमा सरकार लक्ष्य भन्दा धेरै नै पछि छ । अहिले चालु आवको ७५ प्रतिशत समय ढल्किसकेको छ । तर, राजस्व संकलन भने लक्ष्यको आधा पनि उठेको छैन ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चैत मसान्तसम्म राजस्व ६ खर्ब ८३ अर्ब ८० करोड उठेको छ । यो कुल राजस्व संककन गर्न लिइएको लक्ष्यको मात्र ४८.७३ प्रतिशत हो । यस आवमा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ ।

आन्तरिक राजस्व विभागका प्रवक्ता राजुराज प्याकुरेलका अनुसार आन्तरिक अर्थतन्त्रमा आएको सुस्ततासहितका कारणले आन्तरिक राजस्व समेत प्रभावित बनेको हो । यस वर्ष गत वर्षकै हाराहारी मात्रै पनि राजस्व उठाउन सके त्यसलाई ठूलो उपलब्धि मान्ने अवस्था रहेको उनले बताए । साविकमा राजस्व संकलन अघिल्लो आवको तुलनमा २० प्रतिशत भन्दा माथि उठ्ने गरेको थियो । यो वर्ष गत आवको संकलन हाराहारी समेत अझै उठिसकेको छैन ।

 

Related posts:

विद्यालयमा लागु पदार्थ विरुद्ध जनचेतनामूलक अभिमुखिकरण तालिम सम्पन्न

लक्ष्मिनियामा सरसफाई जनचेतना फैलाउन तीनदिने सडक नाटक सम्पन्न

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

एकल महिलाको अधिकारका लागी सहयोग परियोजनाको सफल सम्पन्नता र हस्तान्तरण

मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

पत्ता लागेन अहिलेसम्म वीरगन्जमा हैजाको कारण

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

सीमानाकामा हुने अवैध चोरीपैठारी रोक्न गृहमन्त्रीकाे निर्देशन

वीरगन्जमा हैजाको संक्रमण , ७१ जनामा पुष्टि

एकल महिलाहरु द्वारा सामाजिक अधिकारको माग गर्दै रैली

जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुको धर्ना

दलान नेपालको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र साउदी अरब खेल्दै

नेपाली युवालाई भारत पुर्‍याई मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

जीवित रहन सके, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: दाहाल

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

धनुषामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

देशका ५ वटा सडक पूर्ण अवरुद्ध (सूचीसहित)

धनुषाको तुलसी केन्द्रमा ७५ मिलिमिटर वर्षा मापन

बिहीबारदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने

सुनसरीमा मध्यरातमा किशोरीको गोली हानी हत्या

मधेश प्रदेशमा खडेरी करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

लक्ष्मीनियामा एकल महिला सशक्तिकरण ¥याली सम्पन्न

सर्लाहीमा भुस बोकेको ट्रकबाट काजु बरामद

अमेरिकाको टेक्सासमा विनाशकारी बाढी : उद्धार कार्य जारी

खोलामा डुबेर दुई बालकको मृत्यु

धनुषामा ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

बारामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पत्रकार पाठकविरुद्ध साइबर मुद्दा, असार २२ गते पेसी

लगातारको वर्षापछि धनगढी क्षेत्र जलमग्न

चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै सिरहा अस्पताल तनाव

यी प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

जग्गामा महिलाको स्वामित्व बढ्दै

माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध : प्रचण्ड

सेफ्टीट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

रवि लामिछानेलाई अन्याय नहोस् भनेर प्रयास गरिरहेको छु : प्रचण्ड

चर्चित कलाकार की श्रीमती आफ्नै घरमा मृत अवस्थामा

मधेश प्रदेशका एकल महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सर्वेक्षण रिपोर्ट साझा कार्यक्रम सम्पन्न ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

इरानमा रहेका तीन आणविक केन्द्रमा अमेरिकी आक्रमण

Leave a Reply